सोमबार, असार २,२०८२ 04:54:57
  • सोमबार, असार २,२०८२ 04:54:57
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार

Hyundai Nepal
सामान्य अंकले घट्यो नेप्से, कारोबारमा भने सुधार
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.५७ अंकले घटेर २ हजार ६७०.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले बढेर ४४६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन नेप्सेमा ४ अर्ब ४८ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,  ‘आजसम्म रहेको चैत मसान्तको दबाब  र गभर्नरको नियुक्ती हुन नसक्दा लगानीकर्ताको मनोबल उकासिन सकेको छैन । यही कारण आज  बजारमा अपेक्षा अनुरुप सुधार देखिएन ।’

राजनीतिक दलहरुको निरीहताका कारण गभर्नरको नियुक्तीमा ढिलाई भएको वा यस विषयमा चलखेल समेत भएको हुनसक्ने आँकलन गरे ।  

बजार जानकार सुमन रिजालले पनि गभर्नरको टुङ्गो नलाग्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेको तर्क गरे । यसका साथै चैत महिनाको दबाबका कारण समेत यो साता बजार बढ्न नसकेको तर आगामी साताबाट भने बजारमा सुधार आउने उनले विश्वास व्यक्त गरे ।  

 

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज हाईड्रो, लघुवित्त र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.०९,०.२३ र ०.१९ प्रतिशतले बढे ।  

व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३७ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ समूह पनि आज ०.०२ प्रतिशत, विकास बैंक ०.३८,फाइनान्स ०.५५,होटल ०.४३,लगानी ०.२६,जीवन बीमा ०.२५,उत्पादन तथा प्रशोधन ०.९८, निर्जीवन  बीमा ०.०४,अन्य १.०४ र व्यापार समूह १.३७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधि विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड ९४ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ३५ करोड २९ लाख,हिमालयन रि इन्स्योरेन्सको ३० करोड ५० लाख,सिईडिबि होल्डिङको २९ करोड २२ लाख र ङादी ग्रुप पावरको २६ करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

मेन्छियाम हाईड्रोपावरको सेयरमूल्य पनि आज ६.०३ प्रतिशत र ङादी ग्रुप पावरको सेयरमूल्य ५.३९ प्रतिशतले बढ्यो ।  

बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य आज सर्वाधिक अर्थात ५.०७ प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि आज ३.०१ प्रतिशत र सयपत्री हाईड्रोपावरको सेयरमूल्य २.८९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.