आईतवार, बैशाख ६,२०८३ 11:18:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:18:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

Bizshala
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् ।

बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.९८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह भने ०.४९ प्रतिशतले बढेको छ। आज १० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्बाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.९२ प्रतिशतले बढेर ७७९.९० रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरभाउ १.८७ प्रतिशत, एशियन लाइफको १.२१ प्रतिशत, नेशनल लाइफको ०.७० प्रतिशत, हिमालयन एरभेष्टको ०.५९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२४ प्रतिशत र सुर्यज्योति लाइफको ०.१८ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ। 

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको सेयरभाउ ४.८० प्रतिशतले घटेर ११९० रुपैयाँ कायम भएको छ । यसका साथै सगरमाथा लुम्बिनीको १.५५ प्रतिशत, नेपाल लाइफको १.०७ प्रतिशत, हिमालयन लाइफको १.०२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९८ प्रतिशत, आजीआई प्रुडेन्सियलको ०.९३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.८७ प्रतिशत, आइएमई लाइफको ०.७४ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.६८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६० प्रतिशत, एनएलजीको ०.३७ प्रतिशत, सिटिजन लाइफको ०.३२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत, सन नेपाल लाइफको ०.१६ प्रतिशत र आरबीसीएलको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.