शुक्रबार, असार २६,२०८३ 04:56:03
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:56:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘सरकारी नीतिका कारण सिजनमा पनि उत्साह देखिएन’

Laxmi Sunrise Bank Limited
सेयरबजारको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘सरकारी नीतिका कारण सिजनमा पनि उत्साह देखिएन’

काठमाण्डौ । सोमबारको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.७३ प्रतिशत अर्थात २०.२७ अंकले घटेर २ हजार ७३५.१४ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले घटेर ४६९.३७ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५६ वटा स्क्रिप्टका ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ८ करोड ४८ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ५ अर्ब ६२ करोड बढीको सेयर कारोबार भएको थियो।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘पछिल्लो समय सेयर लगानीकर्ताहरुको मनोबल खस्किदै गएको छ । सरकारको बजेटले समेत लगानीकर्तालाई विश्वास दिलाउन सकेन । पूँजीबजारका लागि केही सकारात्मक नीति आएपनि कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने विश्वास लगानीकर्ताहरुले गर्न सकिरहेका छैनन् । यतिबेला सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि ठूला लगानीकर्ताहरुको डिम्याट नै फ्रिज गरिदिएको छ, जसकारण बजारमा ठूलो कारोबार नै हुन सकेको छैन ।’

उनले थपे, ‘जति पनि कारोबार भइरहेको छ, सबै साना लगानीकर्ता तथा ट्रेडरहरुको मात्रै हो । सरकारको गतिविधले लगानीकर्तालाई हाउगुजी गराएको छ, जसकारण बजारले मोमेन्टम लिन सकिरहेको छैन । जेठ असारको समय भनेको बजारमा लगानी गर्ने सिजन हो र यतिबेला बजारमा लगानीकर्ताहरु सक्रिय रुपमा लाग्नुपर्ने हो तर अहिले लगानीकर्ताको मनोबल घटेका कारण इतिहासमै पहिलो पटक होला यो समयमा लगानीकर्ताहरु बजारप्रति उत्साहित छैनन् । जबसम्म लगानीकर्ताको कन्फिडेन्ट बढ्दैन तबसम्म बजार बढ्ने सम्भावना छैन ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज फाइनान्स समूह मात्रै बढ्यो । यो समूह आज ०.२६ प्रतिशतले बढ्यो ।

आज व्यापार समूह सर्वाधिक अर्थात १.७७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४५ प्रतिशत, विकास बेंक १.०३, होटल ०.७१, हाईड्रो ०.९५, लगानी ०.३८, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.४४, लघुवित्त ०.५२, म्युचुअल फण्ड ०.५९, निर्जीवन बीमा ०.८३ र अन्य १.५० प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २० करोड ४६ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखुखोला जलविद्युतको १३ करोड ८० लाख, सिटी होटल्सको ११ करोड ७८ लाख र रिलायन्स स्पिनीङ मिल्सको १० करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज कालिञ्चोक हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य १३.११ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ९.९८, सामूदायिक लघुवित्तको ८.८५ र गृह्वेश्वरी मर्चेन्टको सेयरमूल्य ४.३४ प्रतिशतले बढ्यो ।

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.१४ प्रतिशतले घट्यो । सयपत्री हाईड्रोको सेयरमूल्य पनि आज ६.०१ प्रतिशत र सूर्यकुण्ड हाईड्रोको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.