आईतवार, बैशाख ६,२०८३ 11:12:06
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:12:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगातार पाँच दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

Bizshala
लगातार पाँच दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.४१ अंकले घटेर २ हजार ६११.८५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४४० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्तामा कस्तो गभर्नर आउने भन्ने कौतुहलता छ । केही क्षेत्रमा नाफा बुक समेत भएकाले बजारमा दबाब परेको छ ।’

बजारमैत्री गभर्नर आएर नीतिमा परिवर्तन गरेमा बजारले राम्रो गति लिने सम्भावना समेत रहेको उनले विश्वास व्यक्त गरे ।  

यस्तै अर्थशास्त्री सूर्यनारायण पौडेलले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको, नाफा बुक पनि भएको र गभर्नर नियुक्तिको विषयले लगानीकर्ताको आत्मबल नबढेको बताए ।  

उनले सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्नु लज्जास्पल भएको टिप्पणी गरे । ‘यसअघिको बजारको ट्रेण्डलाई हेर्ने हो भने अगस्ट महिनामा बजारमा प्रायः स्विङ आउने गरेको देखिन्छ । त्यसैले बजारमा केही आशा गर्ने ठाउँ समेत देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात ४.९१ प्रतिशतले बढ्यो । यस्तै म्युचुअल फण्ड ०.२९ र व्यापार समूह ०.७० प्रतिशतले बढ्यो । विकास बैंक समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.२१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१९ प्रतिशत, वित्त ०.६९, लघुवित्त ०.०६, हाईड्रो ०.५०,लगानी ०.०२, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४३,निर्जीवन  बीमा ०.३७ र अन्य समूह १.२८ प्रतिशतले घट्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सोल्टी होटलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड १९ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युत कम्पनीको ४४ करोड १७ लाख, युनिभर्सल पावरको ३३ करोड ४५ लाख, ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख र सानिमा माई हाईड्रोको २७ करोड ७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । ९.९९ प्रतिशत मूल्यवृद्धिका साग आज यो कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै बाराही हाईड्रोको सेयरमूल्य ८.७७ प्रतिशत,सोल्टी होटलको ८.२७,उपकार लघुवित्तको ७.५४ र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ५.७२ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेमलपमेन्ट बैंक आज सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ९.१० प्रतिशतले घट्यो ।  

यस्तै जोशी हाईड्रोको सेयरमूल्य ८.८७ प्रतिशत, सिन्धु विकास बैंकको ६.०२ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.८१ प्रतिशतले घट्यो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.