बुधबार, चैत्र २०,२०८१ 03:39:22
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:39:22
IME remit
Global IME Bank Limited

सूचक र कारोबारमा सुधारसँगै साताको अन्त्य, हाईड्रोमा देखियो आकर्षण

Hyundai Nepal
सूचक र कारोबारमा सुधारसँगै साताको अन्त्य, हाईड्रोमा देखियो आकर्षण
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १३.८९ अंकले बढेर २ हजार ७४८.७८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेर ४८६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर १० अर्ब ३२ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो दिन भने ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार प्रेम ओली भन्छन्,  ‘आज बजार केही तलमाथि गरेर अन्त्यमा सकारात्मक बनेको छ । बजार बढ्दा कारोबार पनि बढ्नुलाई आगामी साताका लागि सकारात्मक रुपमा लिन सकिन्छ । आजको बढाईले बजार घट्न रोकिएको मान्न सकिन्छ । ’

ओलीले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामा सेयर बजारसँग सम्बन्धित केही व्यवस्था हुने आशा व्यक्त गरे । आगामी महिना पनि ब्याजदर घट्ने सम्भावना उच्च रहेकाले बजार माथि नै लाग्नेमा उनी ढुक्क देखिए ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलको विचारमा पनि बजारमा कारोबारसँगै सूचक पनि बढ्नु सकारात्मक पक्ष हो । ‘दुई ब्रोकर संघ एक हुनु,धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीको प्रक्रिया अघि बढ्नु जस्ता विषयले बजारमा सकारात्मक नै प्रभाव पर्ने देखिन्छ । नयाँ अध्यक्ष आएपछि नयाँ स्कट एक्सचेञ्जको काम अघि बढ्ने भएका कारण बजारले गति लिन सक्छ र राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामार्फत व्यक्तिगततर्फका सीमा हटाउने र जोखिम भार घटाउने जस्ता विषयले बजार सकारात्मक हुने देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रो समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.३४ प्रतिशतले बढेर ३ हजार ५७४ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.४४ प्रतिशत, विकास बैंक १.२१, होटल ०.९३,लघुवित्त ०.७७,म्युचुअल फण्ड ०.१७ र अन्य समूह ०.६३ प्रतिशतले बढ्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज फाइनान्स समूह ०.०९ प्रतिशत,लगानी ०.०३,जीवन बीमा ०.०३,उत्पादन तथा प्रशोधन ०.३०,निर्जीवन ०.०८ र व्यापार समूह ०.६२ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड २४ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको आज ३१ करोड ६ लाख,समृद्धि फाइनान्सको २७ करोड ५८ लाख,नेपाल फाइनान्स २१ करोड ६३ लाख र पिपुल्स पावरको १९ करोड ७६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गुराँस लघुवित्त,स्वाभिमान लघुवित्त,अपर हेवा खोला हाईड्रोपावर,ङादी ग्रुपपावर र माछापुच्छ्रे बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन राँवा इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ९.१२ प्रतिशतले घट्यो । यस्तै कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य ७.३२ प्रतिशत र पिपुल्स हाईड्रोको सेयरमूल्य ६.०८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.