आईतवार, आश्विन ६,२०८१ 10:15:28
IME remit
  • आईतवार, आश्विन ६,२०८१ 10:15:28
IME remit
Global IME Bank Limited

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.९१ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज सानिमा रिलायन्स लाइफ र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ भने बाँकी सबैको घटेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

सानिमा रिलायन्स लाइफको सेयरभाउ १.४७ प्रतिशतले बढेर ५६० रुपैयाँ १० पैसा पुगेको छ भने एनएलजी इन्स्योरेन्सको सेयरभाउ २.०६ प्रतिशतले बढेर १२४० रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ३.८१ प्रतिशतले घटेर २०१९ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सुर्यज्योति लाइफको ३.३४ प्रतिशत, नेपाल रि को ३.२८ प्रतिशत, युनाइटेड अजोडको ३.१२ प्रतिशत, आरबीसीएलको २.९६ प्रतिशत, शिखर इन्स्योरेन्सको २.९१ प्रतिशत, हिमालयन लाइफको २.३३ प्रतिशत, नेको इन्स्योरेन्सको २.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.२२ प्रतिशत, रिलायबल नेपाल लाइफको २.२१ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.९५ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.८० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.८० प्रतिशत र नेपाल इन्स्योरेन्सको १.७४ प्रतिशतले सेयरभाउ घटेको छ । 

Sagarmatha Cement
Shivam Cement

यसका साथै हिमालयन रि को १.७१ प्रतिशत, सानिमा जिआइसीको १.६४ प्रतिशत, आइएमई लाइफको १.६२ प्रतिशत, नेपाल लाइफको १.५० प्रतिशत, एशियन लाइफको १.१५ प्रतिशत, सिटिजन लाइफको १.०९ प्रतिशत, नेशनल लाइफको ०.८० प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.७३ प्रतिशतले घटेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परेका छन् । सर्वाधिक सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १८ करोड २४ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.