मंगलवार, आश्विन १३,२०८३ 06:57:07
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:57:07
Bizshala
Global IME Bank Limited

करेक्सनपश्चात आज फेरि बढ्यो सेयरबजार, ‘प्रधानमन्त्रीको आश्वासनले लगानीकर्तामा उत्साह थपिँदै’

Bizshala
करेक्सनपश्चात आज फेरि बढ्यो सेयरबजार, ‘प्रधानमन्त्रीको आश्वासनले लगानीकर्तामा उत्साह थपिँदै’
New Office

काठमाण्डौ । अघिल्लो दिनको करेक्सनपश्चात आज सेयरबजार दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५२ प्रतिशत अर्थात १४.१७ अंकले बढेर २ हजार ७२६.७२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४७१.३० विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टको १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब १८ करोड ७४ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार बिरेन्द्र विष्ट भन्छन्, ‘पछिल्लो समय लगानीकर्ताहरुको मनोबल बढेको अवस्था छ । प्रधानमन्त्री बालेन शाहले अर्थतन्त्र सुधार्ने विषयलाई सम्बोधन गर्दा लगानीकर्ताहरु उत्साहित छन् । अर्थमन्त्रीसँग लगानीकर्ता खासै विश्वस्त छैनन्, तर प्रधानमन्त्रीले पर्यटन व्यवसायी वा घरजग्गा कारोबारलाई चलायमान बनाउन विभिन्न व्यवसायीहरुसँग छलफल गर्नुभएको छ ।’

उनले थपे, ‘साथै लगानीकर्ताको विषय समेत सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । अब अर्थतन्त्र राम्रै हुन्छ भन्ने लगानीकर्ताको विश्वास छ । केही दिनयता यहि कारणले नै लगानीकर्तामा मनोबल वृद्धि भएको छ । अब पूँजीबजार समेत विस्तारै राम्रै हुँदै जान्छ भन्ने सेयर लगानीकर्ताहरुको विश्वास छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज २.५८ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३८ प्रतिशत, विकास बेंक ०.७४, फाइनान्स ०.२७, होटल ०.९९, हाईड्रो १.१२, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.३१, लघुवित्त ०.१३, म्युचुअल फण्ड ०.५३ र निर्जीवन बीमा ०.६४ प्रतिशतले बढ्यो ।

आज लगानी र अन्य समूह मात्रै घट्यो । यी समूहहरु क्रमशः ०.४२ र ०.०८ प्रतिशतले घटे ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २८ करोड ३३ लाख बढीको सेयर कारोबार भयो । यस्तै आँखुखोला जलविद्युतको २७ करोड ५२ लाख,रिडी पावरको २४ करोड ९२ लाख, सोलु हाईड्रोको १७ करोड १९ लाख र इन्फ्रास्ट्रक्चरको १६ करोड २४ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै स्नो रिभर्सको सेयरमूल्य १३.७१ प्रतिशत, एपोलो हाईड्रोको ११.०४ र शिखर पावर डेभलपमेन्टको सेयरमूल्य ८.४६ प्रतिशतले बढ्यो ।

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १५ प्रतिशतले घट्दै लोवर सर्किट लाग्यो । यस्तै बुङ्गल हाईड्रोको सेयरमूल्य ९.९३ र रिलायन्स स्पीनिङ मिल्सको सेयरमूल्य ४.४८ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.