Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:19:57
Bizshala
Global IME Bank Limited

नेप्सेमा गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘लगानीकर्ताको मनोबल घट्नु मुख्य कारण’

Hyundai Nepal
नेप्सेमा गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘लगानीकर्ताको मनोबल घट्नु मुख्य कारण’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च९नेप्से० मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.४९ अंकले घटेर २ हजार ६८८.३१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेर ४५२.२१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Bizshala
Garima Development Bank

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आम रुपमा साताको पहिलो कारोबार दिन बजार घट्ने नै गर्छ । आजको बजारको गिरावटको मुख्य कारण लगानीकर्ताको मनोबलमा कमी आउनु नै हो । बजारमा भोल्यमुको अवस्था राम्रै छ । भोल्युम कम भएमा भने बजार रिभर्सल हुनसक्छ । ’

थापाले फागुन महिनाका लागि ब्याजदरमा कमी आयो भने बजारमा सुधार आउने विश्वास व्यक्त गरे । यस्तै मौद्रिक नीतिको समीक्षाको मनोवैज्ञानिक प्रभाव समेत बजार पर्ने उनले बताए । ‘लगानीकर्ताले मौद्रिक नीतिको समीक्षालाई आँकलन गरेर लगानीको रणनीति बनाउने गर्छन,’ उनले भने ।  

यदि बजारमा धेरै करेक्सन नआयो भने बजारले विस्तारै गति लिने समेत उनले बताए ।  

अर्का बजार जानकार प्रकाश रजौरेले आजको बजार घटाई सामान्य नै भएको र बजारको अवस्था कमजोर नरहेको बताए । ‘बजार २४ सय, २५ सय र २६ सय रेञ्ज गर्दै घुमिरहेको छ । बजारलाई एउटा चरणबाट अर्कोमा जान गूड न्यूजको आवश्यकता पर्छ । अहिले बजारमा वियरिसको वेभ चलिरहेको छ । बजार अब थर्ड वेभमा प्रवेश गर्ने तरखरमा रहेको छ,’ उनले भने ।  

उनले यतिबेला लगानीकर्ताले कम मूल्यमै स्टक होल्ड गरिरहेको बताए र आगामी मौद्रिक नीतिको समीक्षामा लगानीकर्ता क्याप हट्ने र जोखिमभार घट्ने आशामा रहेको समेत उनले बताए ।  

 यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.२९ प्रतिशतले बढेर ४ हजार ४१८.८४ विन्दुमा पुग्यो ।  

यस्तै आज फाइनान्स समूह ०.८० प्रतिशत,उत्पादन तथा प्रशोधन ०.१५ र लघुवित्त ०.२५ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.३५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, होटल ०.२४,हाईड्रो ०.५०,लगानी ०.३९,जीवन बीमा ०.७६,म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.५७ र अन्य समूह १.३० प्रतिशतले घट्यो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड १६ लाख बढीको कारोबार भयो । सीईडिबी होल्डिङ्ग्सको पनि आज ३० करोड ६२ लाख,सेन्ट्रल फाइनान्सको २० करोड ७ लाख र नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर  सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स र गार्डियन लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै उपकार लघुवित्तको सेयरमूल्य ६.०६ प्रतिशत,इन्फिनीटी लघुवित्तको ६.०२ र अपर लोहरे खोला हाईड्रोको सेयरमूल्य ५.२७ प्रतिशतले बढ्यो ।  

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ६.५२ प्रतिशतले घट्यो । सिन्धु विकास बैंकको सेयरमूल्य पनि आज ५.६१ प्रतिशत, भूगोल इनर्जीको ४.५६ र छ्याङदी हाईड्रोको सेयरमूल्य ४.५६ प्रतिशतले घट्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.