बिहीबार, श्रावण १४,२०८३ 01:23:13
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:23:13
Bizshala
Global IME Bank Limited

कारोबार रकमसँगै नेप्से परिसूचक पनि घट्यो, सबै समूह राताम्मे

कारोबार रकमसँगै नेप्से परिसूचक पनि घट्यो, सबै समूह राताम्मे
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६२ प्रतिशत अर्थात १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले घटेर ४५५.८३ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ६७ करोड १८ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ३ अर्ब ९४ करोड बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार टेकेन्द्र थपलियाले बजारमा लगानीकर्ताको मनोबल फर्किनसकेका कारण बजारमा पछिल्लो समय सुधार आउन नसकिरहेको बताए । ‘बजारमा यतिबेला ठूला लगानीकर्ताको इन्ट्री भईसकेको छैन। साना लगानीकर्ताले जेनतेन भएपनि बजारलाई धान्ने प्रयास गरिरहेका छन् । तर साना लगानीकर्ताबाट ठूलो भोल्युममा सेयर खरिदबिक्री नहुने हुँदा बजारमा आशा अनुरुपको सुधार देखिएको छैन’ उनले भने ।

उनले बजारमा ठूला लगानीकर्तालाई प्रवेश गर्ने वातावरण बने मात्रै कारोबारमा सुधार आउँदै परिसूचक पनि उभो लाग्ने बताए ।  

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा रातो पोतियो । आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात १.३९ प्रतिशतले घट्यो। यस्तै बैंकिङ समूह ०.०९ प्रतिशत, विकास बैंक ०.७९, फाइनान्स १.१३, होटल १.१भ्४, हाईड्रो ०.७२, लगानी ०.८१, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१४, लघुवित्त ०.५९, म्युचुअल फण्ड ०.२४, अन्य ०.५१ र व्यापार ०.३२ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज ग्लोबल आइएमई बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो बैंकको आज ८ करोड ८३ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोपान फर्मास्युटिकल्सको ८ कोड ८० लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ७० लाख, रिलायन्स स्पीनिङ मिल्सको ८ करोड १३ लाख र आँखुखोला जलविद्युतको ७ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये चारवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज टक्सार पिखुवाखोला हाईड्रोपावर, स्नो रिभर्स, याम्बालिङ हाईड्रोपावरर धौलागिरी लघुवित्तको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै लक्ष्मी सनराइज बैंकको सेयरमूल्य २.६४ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य २.४९ प्रतिशतले बढ्यो ।

यो दिन स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.८३ प्रतिशतले घट्यो । यस्तै सोपान फर्मास्युटिकल्सको सेयरमूल्य ४.५० प्रतिशत र एशियन हाईड्रोपावरको सेयरमूल्य ४.४० प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.