बुधबार, भाद्र २५,२०८२ 10:19:08
  • बुधबार, भाद्र २५,२०८२ 10:19:08
Global IME Bank Limited

नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’

Hyundai Nepal
नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात २१.७६ अंकले बढेर २ हजार ८९२.७२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ५०२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,  ‘आजको बढोत्तरीले बजारमा राम्रो संकेत दिनुका साथै नयाँ गन्तव्य समेत खोजेको छ । आज इन्ट्रा डे करेक्सन भएर बजार बढ्नु सकारात्मक पक्ष भएको र बजारले स्वभाविक लय लिएको मान्न सकिन्छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले अहिले सबै विषय बजारको पक्षमा भएको र यही कारण बजारको अप ट्रेण्ड निश्चित रहेको बताए ।  

अर्का बजार जानकार सुवाचन्द्र ढुङ्गानाले आजको बढोत्तरीले अघिल्लो कारोबारको नेगेटिभ सेन्टिमेन्टलाई पन्छाएको बताए । ‘आज ग्रीन क्याण्डल बन्नु नै सकारात्मक विषय हो । अब २० अर्ब माथिको कारोबारसहित २९३० को प्रतिरोधलाई ब्रेक गरेको खण्डमा बजारले नयाँ मुभ लिन सक्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज लघुवित्त समूह सर्वाधिक बढ्यो । यो समूह आज १.९३ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.४८ प्रतिशत, विकास बैंक १.४२, होटल ०.३०,हाईड्रो ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फण्ड ०.१९, निर्जीवन बीमा १.२७,अन्य १.८४ र व्यापार समूह ०.४३ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूह पनि ०.२३ अंकले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७५ करोड ६६ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ७५ करोड २८ लाख, बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख, फर्स्ट माईक्रो फाइनान्सको ५१ करोड ७१ लाख र लुम्बिनी विकास बैंकको ४२ करोड १७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । थ्रिस्टार हाईड्रो, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

उृन्नती सहकार्य लघुवित्तको सेयरमूल्य पनि आज ९.४० प्रतिशत र फर्स्ट माइक्रोको सेयरमूल्य ८.९९ प्रतिशतले घट्यो ।  

आज तीनवटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । ग्रीन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.