बुधबार, भाद्र २५,२०८२ 10:28:24
  • बुधबार, भाद्र २५,२०८२ 10:28:24
Global IME Bank Limited

नेप्सेको गिरावट आज पनि जारी,आगामी साताबाट बजारले गति लिने जानकारको विश्वास

Hyundai Nepal
नेप्सेको गिरावट आज पनि जारी,आगामी साताबाट बजारले गति लिने जानकारको विश्वास

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात १२.१० अंकले घटेर २ हजार ७२७.३६विन्दुमा खुम्चिएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले घटेर ४८६.३६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘बजारमा यतिबेला चाडपर्वले छोए जस्तो देखिन्छ । हिजो आज  भोल्युममा कमी आउनु त्यसैको परिणाम हो । केही सिजिनल लगानीकर्ता बजारबाट बाहिरिएका समेत हुन सक्छन् । जसका कारण बजार केही समय साइडवेज चल्न सक्छ । यद्यपी बजार बुल ट्रेण्डमै भएकाले बजार धेरै तल जादैन ।’

अहिले बजारमा दीर्घकालका लागि लगानी गर्ने अवसर भएको पाठकले बताए ।  

अर्का बजार जानकार प्रकाश रजौरेको विचारमा पनि बजार बुल ट्रेण्डमै रहेको छ ।‘ बजारमा टाइम करेक्सन र प्राइस करेक्सन हुन्छ । त्यसैले प्राइस करेक्सन सकिएको छ र अब केही दिन टाइम करेक्सन पनि सकेर बजार आगामी साताबाट माथि लाग्नेछ । ’

अब बजार करेक्सन भएपनि एकल अंकको मात्रै हुने र दशैं अघिनै बजारले नयाँ उचाई चुम्ने तयारी भएको दाबी उनले गरे ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह १.६८ र व्यापार समूह ०.१६ प्रतिशतले बढ्यो ।  

आज लगानी समूह सर्वाधिक घट्यो । यो समूह आज १.३६ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.६९ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत,वित्त ०.५३, होटल ०.११,हाईड्रो १.०१, जीवन बीमा ०.७४,उत्पादन तथा प्रशोधन ०.३३,म्युचुअल फण्ड ०.५६,निर्जीवन बीमा ०.५२ र अन्य समूह ०.०१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड ५० लाख बढीको कारोबार भयो । एनएलजी इन्स्योरेन्सको आज ३४ करोड २२ लाख,गूडविल फाइनान्सको २९ करोड ९६ लाख, हिमालयन रि इन्स्योरेन्सको २९ करोड ४ लाख र अपि पावरको २२ करोड ६१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य ८.४३ प्रतिशत,अपर हेवाखोला हाईड्रोको ७.९२ प्रतिशत र गूडविल फाइनान्सको सेयरमूल्य ७.८३ प्रतिशतले बढ्यो ।  

यो दिन नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ८.९१ प्रतिशतले घट्यो । यस्तै विन्द्यवासिनी हाईड्रोको सेयरमूल्य ५.७७ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्चरको ५.०३ र न्यादी हाईड्रोको सेयरमूल्य ४.८९ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.