बुधबार, फाल्गुन ६,२०८२ 02:21:47
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:21:47
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले ओरालो लाग्यो नेप्से,जानकार भन्छन्,‘अफवाहको पछि लाग्दा घट्यो सेयर बजार’

दोहोरो अंकले ओरालो लाग्यो नेप्से,जानकार भन्छन्,‘अफवाहको पछि लाग्दा घट्यो सेयर बजार’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २ हजार ३४.८२ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्‘आज केहि लगानीकर्तामा मनोबल घटेको देखियो । केहि बैंकका विषयमा आएको अफवाहका कारण बैंकिङ सेक्टरमा दवाब पर्यो । यसका साथै हिमालयन रि इन्स्योरेन्सको हकप्रदका विषयमा अन्यौलता रहँदा पनि बजारमा बिक्री दबाव परेको हो ।’

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यद्यपी बजार धेरै तल नजाने उनी बताउँछन् । २ हजार २० बाट बजारले बलियो सर्पोट लिनसक्ने र बढेर धेरै माथि पनि गईनहाल्ने र साईडवेज चल्ने रिजाल बताउँछन् ।  

अर्का बजार जानकार  दामोदर गजुरेल भन्छन्,‘बजारमा सकारात्मक माहोल नहुँदा बजार बढ्न नसकेको हो । यद्यपी बजारमा चार अर्ब आसपास कारोबार भएको छ । यसले सेयर संकलन भएको पनि  बुझ्न सकिन्छ ।’

केहि बैंकका विषयमा अफवाह फैलिएको र यसलाई राष्ट्र बैंक र नियामकले प्रष्ट पार्नुपर्ने उनले बताए । अघिल्लो साता नेप्सेले गरेको वर्गीकरणले कमजोर कम्पनीहरुको मूल्य घट्दा बजार घटेको गजुरेलले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै वित्त समूहमा गिरावट आएको छ । यो समूह २.७० प्रतिशतले घटेको छ ।  

त्यस्तै हाईड्रोपावर २.१५, बैंक ०.६५, विकास बैंक १.७०,होटल १.१५,लगानी १.५५,जीवन बीमा १.३४,उत्पादन तथा प्रशोधन ०.६८,लघुवित्त १.०६,म्युचुअल फण्ड ०.१६,निर्जीवन बीमा १.९१,व्यापार १.४७ र अन्य १.३२ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको आज ४० करोड ९० लाख बढीको कारोबार भएको छ । यो दिन एनआईसी एशयिा बैंकको १३ करोड ६५ लाख,जोशी हाईड्रोको १० करोड १४ लाख,सगरमाथा जलविद्युतको ९ करोड २७ लाख र युनियन हाईड्रोपावरको ७ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(बालाजु) र समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।  

यो दिन किसान लघुवित्तको सेयरमूल्य ८.२२ प्रतिशत,युनियन हाईड्रोको ६.६५ प्रतिशत र आशा लघुवित्तको सेयरमूल्य ६.०४ प्रतिशतले वृद्धि भएको छ ।  

यो दिन सबैभन्दा बढी सेयरमूल्य घट्नेमा सामलिङ पावर कम्पनी रहेको छ । यो कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको आज दोर्दीखोला जलविद्युतको ६.१५ र पाचँथर पावरको सेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।   

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.