बुधबार, भाद्र २५,२०८२ 10:21:51
  • बुधबार, भाद्र २५,२०८२ 10:21:51
Global IME Bank Limited

दोहोरो अंकले ओरालो लाग्यो नेप्से,जानकार भन्छन्,‘अफवाहको पछि लाग्दा घट्यो सेयर बजार’

Hyundai Nepal
दोहोरो अंकले ओरालो लाग्यो नेप्से,जानकार भन्छन्,‘अफवाहको पछि लाग्दा घट्यो सेयर बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २ हजार ३४.८२ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्‘आज केहि लगानीकर्तामा मनोबल घटेको देखियो । केहि बैंकका विषयमा आएको अफवाहका कारण बैंकिङ सेक्टरमा दवाब पर्यो । यसका साथै हिमालयन रि इन्स्योरेन्सको हकप्रदका विषयमा अन्यौलता रहँदा पनि बजारमा बिक्री दबाव परेको हो ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यद्यपी बजार धेरै तल नजाने उनी बताउँछन् । २ हजार २० बाट बजारले बलियो सर्पोट लिनसक्ने र बढेर धेरै माथि पनि गईनहाल्ने र साईडवेज चल्ने रिजाल बताउँछन् ।  

अर्का बजार जानकार  दामोदर गजुरेल भन्छन्,‘बजारमा सकारात्मक माहोल नहुँदा बजार बढ्न नसकेको हो । यद्यपी बजारमा चार अर्ब आसपास कारोबार भएको छ । यसले सेयर संकलन भएको पनि  बुझ्न सकिन्छ ।’

केहि बैंकका विषयमा अफवाह फैलिएको र यसलाई राष्ट्र बैंक र नियामकले प्रष्ट पार्नुपर्ने उनले बताए । अघिल्लो साता नेप्सेले गरेको वर्गीकरणले कमजोर कम्पनीहरुको मूल्य घट्दा बजार घटेको गजुरेलले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै वित्त समूहमा गिरावट आएको छ । यो समूह २.७० प्रतिशतले घटेको छ ।  

त्यस्तै हाईड्रोपावर २.१५, बैंक ०.६५, विकास बैंक १.७०,होटल १.१५,लगानी १.५५,जीवन बीमा १.३४,उत्पादन तथा प्रशोधन ०.६८,लघुवित्त १.०६,म्युचुअल फण्ड ०.१६,निर्जीवन बीमा १.९१,व्यापार १.४७ र अन्य १.३२ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको आज ४० करोड ९० लाख बढीको कारोबार भएको छ । यो दिन एनआईसी एशयिा बैंकको १३ करोड ६५ लाख,जोशी हाईड्रोको १० करोड १४ लाख,सगरमाथा जलविद्युतको ९ करोड २७ लाख र युनियन हाईड्रोपावरको ७ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(बालाजु) र समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।  

यो दिन किसान लघुवित्तको सेयरमूल्य ८.२२ प्रतिशत,युनियन हाईड्रोको ६.६५ प्रतिशत र आशा लघुवित्तको सेयरमूल्य ६.०४ प्रतिशतले वृद्धि भएको छ ।  

यो दिन सबैभन्दा बढी सेयरमूल्य घट्नेमा सामलिङ पावर कम्पनी रहेको छ । यो कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको आज दोर्दीखोला जलविद्युतको ६.१५ र पाचँथर पावरको सेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।   

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.