बुधबार, चैत्र २०,२०८१ 03:22:42
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 03:22:42
IME remit
Global IME Bank Limited

नेप्सेमा गिरावटका साथ साताको अन्त्य, ‘चाडपर्व र राजनीतिक विषयले बन्न सकेन माहोल’

Hyundai Nepal
नेप्सेमा गिरावटका साथ साताको अन्त्य, ‘चाडपर्व र राजनीतिक विषयले बन्न सकेन माहोल’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.२५ अंकले घटेर २ हजार ६२७.१४ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारको विषयमा बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजार घट्नु पर्ने खासमा केही कारण अहिले छैन । अहिले बजारले गति लिन नसक्नुमा राजनीतिक कारण नै हो । सरकारले पनि बोलेअनुसार काम गर्न सकेको छैन । बिपक्षीहरुले पनि पार्टीको अजेण्डा मात्रै बोके । जनताको बिषयमा खासै कतै केही सुनिदैन ।’

पाठकले अहिले लगानीकर्तामा सरकार नै अस्थिर होला कि भन्ने डर व्याप्त रहेको बताए । ‘अहिले चाडपर्वका कारण पनि बजारमा माहोल नबनेको हो । अब तिहार तथा छठ पछि बजारले गति लिन सक्छ, उनले भने,‘किनकी त्यो बेला सम्म आन्दोलनको बिषयमा पनि केही प्रष्ट होला । सेयर बजारको लागि ब्याजदर नै मुख्य विषय हो जुन अहिले न्युन बिन्दुमा रहेको छ ।’ पाठकले राष्ट्र बैंकको १२ प्रतिशतको कर्जा लगानीको लक्ष्य पुरा नहुने देखिए पछि लगानीकर्ता केही हच्किएको दाबी गरे । यद्यपी बजार बढ्नुको विकल्प नरहेको पाठकको ठम्माई रहेको छ ।  

त्यसैगरि, अर्को बजार जनाकार टेकेन्द्र थपलिया पनि हिजोआज बजार बढ्न नसक्नुमा राजनीतिक बिषय नै प्रमुख कारण रहेको बताउँछन् । यो साता बजारमा केही बिक्री दबाब देखिएता पनि आगामी साताबाट बजारले गति लिनेमा थपलिया ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज हाईड्रो समूह ०.३६ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.९३ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह आज ०.७९, बैंकिङ समूह १.०२,वित्त ०.८८,लगानी ०.९२,जीवन बीमा ०.५२,उत्पादन तथा प्रशोधन १.२६,लघुवित्त ०.८१,म्युचुअल फण्ड ०.३०,निर्जीवन बीमा ०.६० र अन्य समूह ०.६५ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३४ करोड ३१ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । यस्तै साहस उर्जाको आज २४ करोड ९३ लाख, आईसीएफसी फाइनान्सको २४ करोड ९२ लाख,पिपुल्स हाईड्रोपावरको २४ करोड ५५ लाख र समृद्धि फाइनान्सको १९ करोड ७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये नेपाल एसबीआई बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ९.७५ प्रतिशतले बढ्यो । यस्तै पिपुल्स हाईड्रोको सेयरमूल्य ८.०५ प्रतिशत,समृद्धि फाइनान्सको ६.१८ र माथिल्लो मैलुङ खोलाको सेयरमूल्य ५.७८ प्रतिशतले बढ्यो ।  

यो दिन राँवा इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले खस्कियो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.९० र गूडविल फाइनान्सको ४.५१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.