मंगलवार, फाल्गुन ५,२०८२ 05:17:41
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:17:41
Bizshala
Global IME Bank Limited

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.२९ अंकले घटेर २ हजार ५९६.१२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले घटेर ४५१.५२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो ।  

अघिल्लो दिन भने ४ अर्ब ६८ करोड बढीको कारोबार भएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार प्रकाश रजौरेले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेकाले बजारले लय लिन नसकेको बताए । अहिलेको बजार घट्दो ड्रेन्डमा रहेको र अझै सस्तोमा खरिद गर्न लगानीकर्ताहरु कुर्दै बसेका उनको भनाई छ ।  

‘अहिलेको बजार लगानीकर्ताको सेन्टिमेन्टसँग चलिरहेको छ । लगानीकर्ताको मनोबल बलियो नहुँदासम्म बजारले लय समात्न सक्दैन’ उनले भने, ‘अहिले देशमा चुनावी माहोल छ, अधिकांश लगानीकर्ताहरुमा चुनाव हुने वा नहुने कुरामा अन्योलता पैदा भएका कारण पनि बजारमा कन्फिडेन्टका साथ लगानी गर्न डराइरहेका छन् ।’

साथै सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासिक रिर्पोट सार्वजनिक हुँदासम्म बजारमा थोरै परिवर्तन आउन सक्ने उनले अनुमान लगाए । ‘अहिले कम्पनीहरुको रिर्पोट फाट्टफुट्ट आइरहेको छ भने अधिकांशको सार्वजनिक हुनै बाँकी छ, केही हदसम्म रिर्पोटले बजारलाई प्रभाव पारेपनि त्यतिधेरै फेरबदल हुने देखिदैन’ उनले भने, ‘अर्थमन्त्रालयले विभिन्न कार्यपालिका बनाएर लगानीकर्ताले सेयरबजार सुधारका लागि राखिएको माग सम्बोधन गर्न पहल गरिएमा बजार माथि जाने सम्भाना रहन्छ ।’

साथै बैंकहरुको कर्जा लगानीमा असहज व्यवस्थाका कारण पनि नयाँ लगानीकर्ताहरु बजारमा छिर्न नपाएको उनको भनाई छ । ‘रिलय इन्भेष्टरहरु बजारमा आएका छैनन् र नयाँ लगानीकर्तालाई पनि बैंकहरुमा कर्जा लिनका लागि सहज अवस्था नभएका कारण बजारमा पैसा आएको छैन’ उनले भने, ‘केही समय अझै फोर्स सेलिङ आउन सक्छ । यो महिनासम्म बजार २६ सय वा २७ सय आसपासमै अपडाउन हुने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटाबाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु आज क्रमशः०.१२ र ०.१९ प्रतिशतले बढे ।

आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ०.९९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४३ प्रतिशत, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल ०.२५, हाईड्रो ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, लघुवित्त ०.१३, अन्य ०.६२ र व्यापार समूह ०.२१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ९१ लाख बढीको कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज ३० करोड ७६ लाख, हिमालयन डिष्टिलरीको २७ करोड ८५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड २६ लाख र युनियन हाईड्रोपावरको १९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज दरमखोला हाईड्रो इनर्जी र माबिलुङ इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यो दिन उपकार लघुवित्तको सेयरमूल्य ८.१५ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ८.११ र मानुषी लघुवित्तको सेयरमूल्य ७.९७ प्रतिशतले बढ्यो ।

सम्पदा लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । पिपुल्स पावरको सेयरमूल्य पनि आज ४.३७ प्रतिशत, मोदी इनर्जीको ३.०७ र इष्टर्न हाईड्रोपावरको सेयरमूल्य २.९८ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.