आईतवार, बैशाख ६,२०८३ 11:13:40
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:13:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा आजपनि हरियाली, जानकार भन्छन्, ‘बजारमैत्री गभर्नर आउने आशामा लगानीकर्ता’

Bizshala
नेप्सेमा आजपनि हरियाली, जानकार भन्छन्, ‘बजारमैत्री गभर्नर आउने आशामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा हरियाली छाएको छ । आज नेप्से परिसूचक १.११ प्रतिशत अर्थात २९.८२ अंकले बढेर २ हजार ६९३.१२ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ४५०.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,  ‘अघिल्ला साताहरु राजनीतिक विषयले गर्दा घटेको बजारमा केही दिनयता भने सुधार आएको छ । आन्दोलन सकिएपछि लगानीकर्तामा मनोबल बढेको छ । चैत मसान्तको दबाब पनि लगभग सकिएको जस्तो देखिन्छ । लगानीकर्ता अहिले नयाँ गभर्नरको प्रतिक्षामा छन् ।’

ढकालले चैत मसान्तपश्चात भने बजारले नयाँ लय लिने बताए ।  

अर्का बजार जानकार राजन लम्सालले आन्दोलनको प्रभाव सेयर बजारमा अन्त्य भएको बताए । ‘यतिबेला राजनीतिक अन्यौलता पनि कम भएको छ । यसका साथै बजारमा क्लोजिङको प्रेसर पनि कम भयो जस्तो देखिन्छ । जसका कारण धेरै सप्लाई देखिएको छैन’ उनले भने ।  

नयाँ गभर्नरका लागि पूँजी बजारका बारेमा जानकार व्यक्तिहरुकै नाम अघि आईरहेकाले लगानीकर्तामा उत्साह थपिएको उनले बताए । यस्तै उनले आगामी सातादेखि बजारले नयाँ गति लिने विश्वास व्यक्त गरे ।      

 

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज २.०७ प्रतिशतले बढेर १०९.१५ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह ०.९९, विकास बैंक ०.९३,फाइनान्स २.०६,होटल १.४८, हाईड्रो १.६३, जीवन बीमा ०.९४, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.६८,निर्जीवन बीमा ०.८३,अन्य २.०४ र व्यापार समूह ०.२० समूहले बढ्यो ।  

CG Motors
Garima Development Bank
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६९ करोड १९ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ४७ करोड ८४ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ६८ लाख, सिईडिबि होल्डिङको २४ करोड १० लाख र गार्डियन माइक्रो लाइफको १७ करोड ९४ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज जोशी हाईड्रोको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो । दोर्दीखोला जलविद्युतको सेयरमूल्य पनि आज ६.९४ प्रतिशत,कुमारी सबल योजनाको ६.३९ र तेह्रथुम पावरको सेयरमूल्य ६.२४ प्रतिशतले बढ्यो ।  

प्रभु स्मार्ट फण्डको मूल्य आज सर्वाधिक अर्थात ५.७९ प्रतिशतले घट्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य आज ३.९४ प्रतिशत र कुथेली बुखरी स्मल हाईड्रोको ३.२५ प्रतिशतले घट्यो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.