बुधबार, भाद्र २५,२०८२ 10:19:03
  • बुधबार, भाद्र २५,२०८२ 10:19:03
Global IME Bank Limited

नेप्सेमा ३५ अंकको गिरावट, जानकार भन्छन्, ‘बजार घटाएर कित्ता खोस्ने दाउ’

Hyundai Nepal
नेप्सेमा ३५ अंकको गिरावट, जानकार भन्छन्, ‘बजार घटाएर कित्ता खोस्ने दाउ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३५.७३ अंकले घटेर २ हजार ६५८.९३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले घटेर ४५३.९२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘बजेटपछि बजार घट्नुमा खासगरि दुई–तीनवटा कारण रहेका छन् । राजावादीहरुको आन्दोलन र बाफियाको विषयका कारण बजारमा अहिले गिरावट देखिएको छ । यद्यपी बजारमा प्यानिक सेल भने छैन । माथिल्लो रेञ्जमा सेयर एक्युमुलेशन भएको पनि हुनसक्छ ।’

उनले केही कारोबारीले छिटोछिटो नाफा बुक गरेको पनि देखिएको र देशको माहोल अस्थिर भएका  कारण बजारको माहोल पनि अस्थिर भएको बताए ।  

नेपाल सेयरधनी संघका अध्यष घनश्याम पाण्डेले बजेट अघि सेयर बेचेर बसेकाहरुले नियोजित रुपमा बाफियाको विषय ल्याएर बजार घटाएको आरोप लगाए । 

यस्तै उनले बजार घटाएर कित्ता खोस्ने कार्य भईरहेको समेत दाबी गरे । ‘आधारभूत रुपमा कुनैपनि परिवर्तन नभएका कारण लगानीकर्ता हतोत्साहित हुनुपर्ने कुनै कारण छैन,’ उनले भने ।        

यो दिन नेप्सेमा सूचीकृत सबै समूहमा रातो पोतियो । बैंकिङ समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.३४ प्रतिशतले घट्यो ।  

विकास बैंक समूह पनि आज १.२९ प्रतिशत, फाइनान्स ०.७४, होटल २.०५, हाईड्रो ०.९७, लगानी १.२८, जीवन बीमा ०.७६, लघुवित्त १.१५, निर्जीवन बीमा ०.६२,अन्य ०.९९ उत्पादन तथा प्रशोधन समूह ०.०१ प्रतिशत र म्युचुअल फण्ड समूह ०.०१ र व्यापार समूह १.५२ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६० करोड १५ लाख बढीको सेयर कारोबार भयो । यस्तै युनिभर्सल पावरको ४१ करोड १५ लाख, ङादी ग्रुप पावरको ४० करोड ३० लाख,ओम मेगाश्री फर्मास्युटिकल्सको २८ करोड ३३ लाख र बुटवल पावरको २० करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ३.५९ । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ३.१४ प्रतिशतले बढ्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.८९ प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ४.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.०८ र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८५ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.