काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहको दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ । आज १३ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने बीमा कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.४९ प्रतिशतले बढेर १३३४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको ०.०८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.२८ प्रतिशत, आरबीसीएलको ०.६७ प्रतिशत, सानिमा जिआइसीको १.२७ प्रतिशत, शिखरको ०.३९ प्रतिशत, एशियन लाइफको १.२७ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.३० प्रतिशत, हिमालयन लाइफको ०.१९ प्रतिशत, नेशनल लाइफको ०.२१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०५ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ५.५३ प्रतिशतले घटेर १४८२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.७४ प्रतिशत, आइएमई लाइफको ०.६३ प्रतिशत, एलआइसी नेपालको ०.७५ प्रतिशत, नेपाल लाइफको ०.८१ प्रतिशत, सूर्यज्योति लाइफको ०.७२, सन नेपाल लाइफको ०.४० प्रतिशत, हिमालयन एभरेष्टको ०.७७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७८ प्रतिशत, एनएलजीको ०.२१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९८ प्रतिशत, हिमालयन रि को ०.८० प्रतिशत र नेपाल रि को ०.७१ प्रतिशतले घटेको छ ।

