मंगलवार, श्रावण १२,२०८३ 11:54:53
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:54:53
Bizshala
Global IME Bank Limited

ब्रोकरले ल्याउने भनेको टिएमएस ३ वर्षदेखि अलपत्र, कहाँ अड्कियो हलो ?

ब्रोकरले ल्याउने भनेको टिएमएस ३ वर्षदेखि अलपत्र, कहाँ अड्कियो हलो ?
New Office

काठमाण्डौ । ब्रोकरहरुले ल्याउने भनिएको आफ्नै टिएमएस पनि लामो समयदेखि अलपत्र परेको छ ।  

चाँडै आउने भनिएको ब्रोकरहरुको टिएमएस काम सुरु भएको तीनवर्षसम्म पनि आउन सकेको छैन ।  

ब्रोकरहरुले टिएमएस ल्याएपछि नेप्सेको टिएमएसबाट औधी दुःख पाएका आफूहरुले केही भए पनि राहात पाउने कतिपय लगानीकर्ताको अपेक्षा थियो । तर, ब्रोकरहरुले ल्याउने भनिएको टिएमएसको हालत पनि भद्रगोलमै गएर अड्किएको छ । 

लामो रस्साकस्सीपछि २०७७ साल माघ महिनामा नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले एपीआई पोलिसी पास गरेर नयाँ टीएमएसको ढोका खोलिदिएका थिए । तर प्रक्रिया सुरु भएको ३ वर्ष पूरा भइसक्दा समेत नयाँ टिएमएस आउने कुनै छेकछन्द छैन । बरु यो विषयमा सबै सरोकारवाला द्विविधामा देखिन्छन् ।  

स्टक ब्रोकर एसोसिएशन अफ नेपालका निबर्तमान अध्यक्ष सन्तोष मैनालीकाअनुसार नयाँ टीएमएस ल्याउने प्रक्रिया बल्ल सीडीएसी पुगेको छ ।  सीडीएसीमा डीपी होल्डिङ व्यवस्थापनको अनुरोधसहित फाइल पुगे पनि काम अगाडि बढ्न सकेको छैन ।  

डीपी होल्डिङको कामको लागि टेण्डरमार्फत वाइको कम्पनीले नै जिम्मेवारी लिएको छ । यसका लागि सीडीएसीले एपीआई पोलिसी दिनुपर्ने हुन्छ । टीएमएसमा डीपी होल्डिङ भनेको लगानीकर्ताहरुको पोर्टफोलियो हेर्न मिल्ने फिचर हो ।  

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७५ कात्तिक २० गते नयाँ टीएमएसको उद्घाटन गरेका थिए । त्यसबेला खतिवडाले भनेका थिए, ‘सेयर बजार ओपनक्राई सिस्टमबाट अनलाइनमा गएको छ ।’

त्यसबेला पनि बजारले अहिले १८ सयमा सपोर्ट लिएजस्तै घटेर १ हजार १०० को बिन्दुमा पटक पटक सपोर्ट लिएको थियो । तत्कालीन अर्थमन्त्रीले उक्त कार्यक्रममा लगानीकर्तालाई आश्वासन दिंदै भनेका थिए, ‘ब्याजदर घट्दैछ, बजारले अब नयाँ  मोड लिनसक्छ ।’  

तर बजारले त्यसको एक वर्षपछि अर्थात उनी पदबाट हटेपछि मात्र नयाँ उचाई हासिल गरेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.