शनिबार, फाल्गुन १०,२०८१ 07:53:08
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:53:08
IME remit
Global IME Bank Limited

लगातार दुई दिन बजार बढ्दा २१०० माथि नेप्से, सर्वाधिक कमाउनेमा हाईड्रोको दबदबा

Hyundai Nepal
लगातार दुई दिन बजार बढ्दा २१०० माथि नेप्से, सर्वाधिक कमाउनेमा हाईड्रोको दबदबा
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । अघिल्लो दिन जस्तै आज पनि नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको हो । आज नेप्से परिसूचक १०.२६ अंक अर्थात ०.४८ प्रतिशतले बढेर २ हजार १०४.७२ बिन्दुमा पुगेको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ३८१.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३११ वटा कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजार बढ्नुका कारणका बारेमा बजार जानकार अजय सिंह थापा(जय शम्भु) भन्छन्,‘बजारमा विस्तारै सेयर कर्जा बढेको छ । तरलता पनि बढ्दो छ । यसले बजारमा सप्लाई कम आउने देखिन्छ । बैंकदर पनि घटेको छ । केही बैंकहरुले सहज रुपमा मुद्दती निक्षेपमा पैसा राख्न दिएका छैनन् ।’,उनले भने,‘प्राविधिक रुपमा हिजो र आजको क्यान्डलले रिभर्सलको संकेत गरेको छ ।'

यहि कारण बजारमा डराइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाई छ ।  

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्,‘आज कारोबार र भोल्युम पनि बढेको छ । बजार विस्तारै माथि नै जाने हो । लगानीकर्ताले केही गूड न्यूज पनि कुरेका हुन सक्छन् । ’

आधारदरमा कर्जा पाइरहेको र बजारमा नकारात्मक तत्वहरु पनि नरहेकोले बजार माथि नै जाने घिमिरेले दाबी गरे ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज अन्य उपसूचक सबैभन्दा धेरै अर्थात १.६४ प्रतिशतले बढेको छ ।  

यस्तै, विकास बैंक ०.०७ प्रतिशत, वित्त ०.४९, होटल ०.११, हाईड्रो १.०८, लगानी ०.९८, जीवन बीमा ०.७२, उत्पादन तथा प्रशोधन ०.४६, म्युचुअल फण्ड ०.१४ र व्यापार उपसूचक ०.४४ प्रतिशतले बढे ।  

आज बैंकिङ, लघुवित्त र निर्जीवन बीमा उपसूचकमा गिरावट देखियो । यी उपसूचक क्रमशः ०.०६, ०.०५ र ०.११ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ६० करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै ङादी पावरको २३ करोड ८३ लाख बढीको कारोबार भएको छ ।  

त्यस्तै, हाथवे इन्भेष्टमेन्टको १२ करोड ८७ लाख, एनआरएनको ११ करोड र नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ९० लाख बढीको सेयर कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज सबैभन्दा धेरै कमाउने कम्पनीमा हाईड्रो कम्पनीहरुको दबदबा रह्यो ।  

आज तीनवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज युनियन हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो ।  

यसैगरी, अरुण भ्याली हाईड्रोपावरको सेयरमूल्य ९.९९, मिड सोलु हाईड्रोको ९.९९, बिन्ध्यवासिनी हाईड्रोको ८.७० र अपर स्याङेको सेयरमूल्य ८.४३ प्रतिशतले बढ्यो ।  

आज गरिमा डिबेन्चरको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो डिबेन्चरको मूल्य १० प्रतिशतले घटेको छ । ज्योति विकास बैंक बोन्ड २०८७ को मूल्य ७.४७, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य ३.४६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ३.४६ प्रतिशतले घटेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.