काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
नेप्सेले नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको जनाएको छ ।
फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सक्ने नेप्सेले सूचनामा उल्लेख गरेको छ ।
त्यसैले, यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्सेले सबैलाई अनुरोध गरेको छ ।