शनिबार, फाल्गुन १०,२०८१ 07:59:38
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:59:38
IME remit
Global IME Bank Limited

सेयर बजार चम्कदा टीएमएसको समस्याबाट लगानीकर्ता आजित, सिस्टम नै कब्जा गरेको आरोप

Hyundai Nepal
सेयर बजार चम्कदा टीएमएसको समस्याबाट लगानीकर्ता आजित, सिस्टम नै कब्जा गरेको आरोप
Nabil Bank Limited

काठमाण्डौ । नेपालको सेयरबजारमा गिरावट आउँदा वा बजार साइडवेजमा चल्दा कारोबारसम्बन्धी समस्याहरु त्यति धेरै सुन्न वा देख्न पाइदैन । तर बजार जब–जब बढ्न थाल्छ अनि लगानकिर्ताहरुले कारोबार गर्दा समस्याहरु झेल्नुपर्ने हुन्छ । बजारको वृद्धिले नेपाली बजारको कारोबारसम्बन्धी समस्याहरु उदाङ्गो पारिदिन्छ ।  

यसलाई विगतका घटनाले पृष्टि गर्छ । यस्तै समस्या आजको नेप्सेको बढोत्तरीमा समेत देखिएको छ । आज पनि दोस्रो सर्किट लागेर बजार खुलेपछि केही समय लगानीकर्ताहरुले टीएमएस नै नखुल्ने तथा घुमिरहने समस्या देखिएको गुनासो गरे । नेप्सेलेप्रति सेकेण्ड लाखौ अडर राख्न मिल्ने बताएता पनि धरै लगाीकर्ताहरुले टीएमएस खोलेको अवस्थामा नेप्सको टीएमएसले बेला–बेलामा लगानीकर्ताहरुले सास्ती पाएका छन् । आज धेरै जस्तो ब्रोकरहरुको टीएमएसमा समस्या देखिएको थियो । टीएमएसमा समस्या देखिएपछि लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत आक्रोस पनि पोखेका थिए । केहीले भने समस्या देखिएको र समाधान गर्न भन्दै नेप्सेमा इमेल पनि पठाएका थिए ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

बजार बढेको बेला यसरी टीएमएसमा समस्या आउनुमा सरोकारवालाहरुले एक अर्कालाई दोषारोपण गरेर उम्कन खोजेको देखिन्छ । समस्या देखिनुमा ब्रोकरहरुले वाइको कम्पनी र वाइकोेले ब्रोकरुहरुलाई आरोप लगाउँदै आएका छन् । वाइको भन्छ, ‘ब्रोकरहरले लगानीकर्ता मात्रै थपे तर आफ्नो क्षमता भने अभिवृद्धि गरेनन् । त्यही कारण समस्या देखिएको हो ।’  

तर ब्रोकरहरु भने यो आरोप स्विकार्न तयार छैनन् । हाल बजार खुल्दा ११ बजेदेखि ३ बजेसम्म २२ लाख लगानीकर्ताहरुले एकैपटक पनि टीएमएस खोल्ने गरेका छन् ।  

स्टक ब्रोकर एसोसियशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा नयाँ टीएमएसको विकल्प नहुँदा लगानीकर्ताहरुले पुरानो टीएमएसबाट समस्या भोगेको बताउँछन् । ‘लगानीकर्ताहरुले टीएमएसमा झेलेको समस्या पुरानै हो। हामी विकल्प दिन प्रयासरत छौ । तर हाम्रो टीएमएस पनि समयमा आउन सकेन ।’ सापकोटाले भने, ‘अब भने छिट्टै ल्याउने तयारी हुँदैछ ।’

नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले भने टीएमएमा समस्या रहेको तथ्य अस्वीकार गरेका छन् । उनी भन्छन् ‘हामीले पनि कारोबार समयमा निगरानी गर्छौं । हाम्रो कारणले टीएमएसमा समस्या छैन ।’

सामाजिक सञ्जालमा भने केही लगानीकर्ताहरुले बजार बढ्दा टीएमएसमा समस्या ल्याएर सिस्टम नै कब्जा भएकोसम्म आरोप लगाएका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.