काठमाण्डौ । साताको चौथो कारोबार दिनको सुरुवाति सत्रमा आज नेप्सेले अघिल्लो दिनको वृद्धिलाई निरन्तरता दिएको छ । आज बजार प्रि–ओपन सेशनमा ०.५८ प्रतिशत अर्थात १३.०८ प्रतिशतले वृद्धि भएको थियो ।
११ बजेपश्चात खुलेको नियमित कारोबारमा पनि नेप्से हरियो बनेको छ । आज बजार ख्ुलेको ५ मिनेटमा नेप्से परिसूचक १.२१ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक २८.१७ अंकले बढेदै २ हजार ३३९.१९ विन्दुमा पुगेको छ । यो अवधिमा १२ लाख ४० हजार कित्ता सेयर ३९ करोड २६ लाख बढीको सेयर कारोबार भएको छ । यो अवधिसम्म आँखुखोला जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात ९.९५ प्रतिशतले बढेको छ । यस्तै वरुण हाईड्रोको सेयरमूल्य ७ प्रतिशत र सिंगटी हाईड्रोको सेयरमूल्य ५ प्रतिशतले बढेको छ । होटल समूह सर्वाधिक अर्थात १.८० प्रतिशतले बढेको छ । त्यस्तै हाईड्रो १.०६, बैंकिङ ०.९६,विकास बैंक १.३३ र वित्त १.४४ प्रतिशतले बढेको छ ।