काठमाण्डौ । बालेन्द्र शाह-बालेन)ले दुईतिहाई नजिकको बहुमत सरकारको नेतृत्व लिएपछि खुलेको पहिलो दिनको सेयर कारोबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेको छ ।
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अंकले बढेको हो ।
यो सेसनमा कारोबारमा आएका कम्पनीमध्ये ७७ वटाको मूल्य बढेको छ भने ३४ वटाको घट्दा ३३ वटाको मूल्य स्थिर देखिएको छ ।
प्रिओपन सेसनमै झण्डै ११ करोडको सेयर किनबेच भएको छ ।

