शुक्रबार, आश्विन ३०,२०८३ 01:11:47
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 01:11:47
Bizshala
Global IME Bank Limited

नेप्सेमा ठूलो संरचनात्मक सुधारको तयारी, सेबोनले अघि सार्‍यो ३० बढी एजेन्डा

Bizshala
नेप्सेमा ठूलो संरचनात्मक सुधारको तयारी, सेबोनले अघि सार्‍यो ३० बढी एजेन्डा
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनर्संरचना र दोस्रो बजार सुधारको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग छलफल गर्दै पूँजी, स्वामित्व, प्रविधि, सुशासनदेखि कारोबार प्रणालीसम्मका ३० भन्दा बढी विषयमा सुधार अघि बढाउने संकेत दिएको हो।

नेपाल सरकारले गठन गरेको ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२’ ले दिएको प्रतिवेदन कार्यान्वयनका विषयमा असोज २९ गते बोर्ड कार्यालयमा छलफल भएको हो। छलफलमा बोर्ड अध्यक्षसहित उच्च व्यवस्थापन, नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापन सहभागी थिए।

छलफल मुख्यतः नेप्सेको संस्थागत संरचना र स्वामित्व पुनर्संरचना, संस्थागत सुशासन, सूचना प्रविधि पूर्वाधार, जनशक्ति व्यवस्थापन, कार्यप्रक्रिया तथा कारोबार प्रणालीमा गर्नुपर्ने सुधारमा केन्द्रित भएको थियो। दोस्रो बजारमा नयाँ उपकरण तथा सेवा थप्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको बोर्डले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले आधुनिक स्टक एक्सचेञ्ज निर्माणका लागि पर्याप्त पूँजी, दक्ष जनशक्ति र बलियो सूचना प्रविधि पूर्वाधार अपरिहार्य रहेको बताए। उनका अनुसार स्टक एक्सचेञ्ज सुधार प्रक्रियाको सुरुआतका रूपमा बोर्ड र नेप्सेबीच पहिलोपटक यस प्रकारको औपचारिक छलफल गरिएको हो।

उनले नेप्सेको पूँजी तथा स्वामित्व पुनर्संरचना र दोस्रो बजार सञ्चालन तथा व्यवस्थापनसँगै लगानी उपकरण तथा सेवाको विविधीकरणसँग सम्बन्धित ३० भन्दा बढी विषयलाई नियामकीय अधिकार प्रयोग गरेर समानान्तर रूपमा अघि बढाउने बोर्डको आगामी कार्यदिशा रहेको जानकारी दिए।

यसले लामो समयदेखि बहसमा सीमित रहेको नेप्से पुनर्संरचनालाई कार्यान्वयनको चरणमा लैजाने संकेत गरेको छ। विशेषगरी स्वामित्व संरचना, प्रविधिको आधुनिकीकरण, बजारको विश्वसनीयता तथा लगानीकर्तालाई उपलब्ध गराइने उपकरण र सेवाको दायरा विस्तारलाई बोर्डले एउटै सुधार प्याकेजभित्र अघि बढाउन खोजेको देखिन्छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेप्से सञ्चालक समितिका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसालले बोर्ड र नेप्सेको सञ्चालक समितिबीचको छलफललाई ‘धितोपत्र बजार सुधारको नयाँ सुरुआत’को संज्ञा दिए। पुनर्संरचना सुझाव समितिको प्रतिवेदनमा तत्काल कार्यान्वयन गर्न सकिने विषयमा नेप्से केन्द्रित रहेको उनले बताए।

रिसालका अनुसार नेप्सेले प्रविधि र प्रणाली, संस्थागत सुशासन तथा लगानी उपकरण र सेवामा सुधार गर्न प्राथमिकता दिनेछ।

कार्यक्रममा बोर्डका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचना प्रतिवेदनका सुझाव कार्यान्वयन, दोस्रो बजार सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उपाय र धितोपत्र बजारका उपकरण तथा सेवा विविधीकरणसम्बन्धी नियामकीय विषयमा प्रस्तुतीकरण गरेकी थिइन्।

बोर्डले नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनमार्फत पूँजी बजारमा लगानीका विकल्प विस्तार हुने, कारोबार प्रणालीको विश्वसनीयता बढ्ने र बजार पारदर्शिता थप सुदृढ हुने अपेक्षा गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.