शनिबार, फाल्गुन १०,२०८१ 07:42:46
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:42:46
IME remit
Global IME Bank Limited

को हुन् नेप्सेमा बुल बनाउने कालिगढ बराल ? जो अमेरिकाको साँढे हेरेर फर्केका थिए

Hyundai Nepal
को हुन् नेप्सेमा बुल बनाउने कालिगढ बराल ? जो अमेरिकाको साँढे हेरेर फर्केका थिए
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा बढेको बजारलाई ‘बुल मार्केट’ भनिन्छ । बुललाई बढ्दो बजारको प्रतिकका रुपमा लिने गरिन्छ । विश्वका प्रायःजसो स्टक मार्केटमा बुलको प्रतिमा राखिएको हुन्छ । अमेरिकाको न्यूर्योर्कमा सन् १९८९ मा बुलको प्रतिमा राखिएको थियो । त्यहाँस्थित आरटुरो डी मोडिका नाम गरेका कालिगढले बुलको प्रतिमा राखेका थिए । जुन ठाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । अमेरिकामा सन् १९८७ को वियर मार्केट पछि बुलको प्रतिमा राखिएको थियो ।  

नेपालमा पनि लगानीकर्ताहरुको लामो समयको माग पछि नेप्सेको प्राङगणमा बुलको प्रतिमा तयार हुँदै छ । आखिर को हुन् त नेप्सेमा बुल बनाउने कालिगढ ? हाल नेप्सेमा बुल बनाउँदै गरेका कालिगढ विष्णु प्रसाद बराल पोखरा राष्ट्र बैंक चोकका स्थायी बासिन्दा हुन् । हाल उमेरले ८० वर्ष पुगेका बराल १७ बर्षको उमेरदेखि कलाकारितामा लागेका थिए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

बरालले पहिले शाइन बोर्ड प्रिटिङको काम गर्थे । पोखरास्थित कल्पना फिल्महलमा गएर फिल्म हेरे पछि उनलाई मूर्ति बनाउने प्रेरणा मिलेको थियो । बरालले पोखरा आर्वाको धुँवाखोलामा ढुङ्गा झिक्ने एक जना व्यक्तिसँग मिलेर मान्छेको आकारको मूर्ति बनाउन सुरु गरेका थिए ।  

बराल पृथ्वीनारयण क्याम्पसमा कलाका विद्यार्थी समेत थिए । त्यहाँ कला विषय पढ्दै गर्दा बरालले २५० रुपैयाँ पुरस्कार पनि पाएका थिए । त्यो पुरस्कारले उनमा मूर्तिकलाप्रति लगाव झनै बढ्यो ।  

त्यो समयका गाउँका मुखियाले उनलाई राजा महेन्द्रको मूर्ति बनाउन सल्लाह दिए । मुखियाको सल्लाह पछि बरालले राजा मेहेन्द्रको मूर्ति बनाए । उनले गाउँकै मान्छेको सहयोगमा बरालले राजा मेहेन्द्रको मूर्ति बनाए । राजाको मुर्ति बनाएपछि २०२१ सालमा राजा महेन्द्रले पोखरा रत्न मन्दिरमा बोलाएर उनलाई २२ सय रुपैयाँ नगद पुरस्कार दिएका थिए । बरालले उक्त पैसाबाट हाल बस्दै आएको पोखरा राष्ट्र बैंक चोकमा जग्गा र घर पनि जोडेका थिए ।  

कलाकारिता पेशाबाट नियमति आम्दानी नभए पछि केही आर्थिक जोहो गर्न बराल २ वर्षजति जर्मन पनि पुगे । त्यहाँबाट केही आर्थिक जोहो भए पछि बराल २०५५ सालबाट फेरी पाटनको लगनखेलमा चित्रकलाको काम गर्न थाले । कलाकारितामा लागेका बरालको जिन्दगी पनि सेयर बजार जस्तै उतारचढावपूर्ण रह्यो । राजनीतिमा पनि चासो भएका बराल २०४५ साल तिर पूर्व सभामूख तारानाथ राना भाटसँगै जेल पनि बसे ।

त्यस पछि उनी राजनीति छाडेर पुनः कलाकारिता क्षेत्रमै फर्किए । उनले यसबीच स–साना मूूर्ति बनाएर निःशुल्क बाँडे पनि । त्यो समयमा उनलाई तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरलाले उनको प्रतिभाको कदर गर्दै ५००० पूरस्कार दिएका थिए ।  

जर्मनीबाट फर्के पछि बरालको भेट योगि शुक्रराजसँग भयो । शुक्रराजको सहयोगमा पाटनमा मूर्ति बनाउने काम पुनःसुरु गरेको बराल बताउँछन् । उनले स्याङ्जामा बीपी कोइरालाको सालिक पनि बनाएका छन् । त्यो समयको १४ जनाको टीमले उनले बनाएको सालिक हेरेर पास गरे पछि आफू कलाकार भएकोमा दंग परेको सम्झना उनीसँग ताजै छ ।  

यसबीच उनी भ्रमणकै सिलसिलामा अमेरिका पनि पुगे । अमेरिकाको न्यूयोर्कमा बुलको तस्बिर हेरे पछि नेपालमा पनि बुल बनाउन सक्ने उनमा आँट जागेको बराल बताउँछन् । यसैबीच नेप्सेमा बुल बनाउने ठेकदारको सम्पर्कमा उनी पुगे । ठेकेदारले डिजाइन दिए पछि भने हाल नेप्सेको प्राङगणमा बरालले बुल खडा गर्दैछन् । जुन भनेको ६६ लाख लगानीकर्ताको सेयरबाट करोडपति बन्ने प्रतिक पनि हो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.