बुधबार, असार ३,२०८३ 06:11:02
Bizshala
  • बुधबार, असार ३,२०८३ 06:11:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकबाट सेयरकर्जा बढ्यो, बजारमा पैसा पुग्दै पुगेनः बीचमै कहाँ गायब भयो ?

Laxmi Sunrise Bank Limited
बैंकबाट सेयरकर्जा बढ्यो, बजारमा पैसा पुग्दै पुगेनः बीचमै कहाँ गायब भयो ?
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला महिनाहरूमा सेयर धितो कर्जा उल्लेख्य रूपमा बढाएका छन्। तर विडम्बना, त्यही अनुपातमा नेपालको पूँजीबजारमा नयाँ पूँजी प्रवेश गरेको संकेत भने देखिएको छैन।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा १ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। फागुन मसान्तसम्म यस्तो कर्जा १ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेकोमा तीन महिनामै ६ अर्ब २६ करोड रुपैयाँ थपिएको छ। प्रतिशतका हिसाबले यो वृद्धि ४.०१ प्रतिशत हो।

Bizshala
New Office
CG Motors

कागजमा हेर्दा बैंकिङ प्रणालीबाट पूँजीबजारतर्फ तरलता बगिरहेको जस्तो देखिए पनि नेप्सेको वास्तविक चित्र भने फरक छ। कारोबार रकम लगातार खुम्चिँदै गएको छ भने बजारले नयाँ गति समात्न सकेको छैन।

नयाँ सरकार गठनसँगै लगानीकर्ताहरूले पूँजीबजारमैत्री वातावरणको अपेक्षा गरेका थिए। तर नीति निर्माण र कार्यान्वयन दुवै पक्षमा देखिएको अस्पष्टताले बजारमा विश्वासको संकट झन् गहिरिएको देखिन्छ। सरकार स्थिर भए पनि लगानीकर्ताको मनोबल भने स्थिर हुन सकेको छैन।

यही कारण सेयर धितो राखेर लिइएको कर्जा पनि पूर्ण रूपमा सेयर खरिदमा प्रयोग भइरहेको देखिँदैन। बजारप्रति विश्वास कमजोर हुँदा धेरै लगानीकर्ताले कर्जा लिएर अन्य व्यवसायिक वा व्यक्तिगत प्रयोजनमा रकम प्रयोग गरिरहेको अनुमान गरिन्छ।

Garima Development Bank
Shivam Cement
Bizshala

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार बजारमा ठूलो पूँजी परिचालन गर्ने लगानीकर्ताहरू निष्क्रिय हुँदा नयाँ पैसा भित्रिन सकेको छैन।

उनले भने, “सेयर धितो कर्जा बढ्दैमा त्यो रकम बजारमै आउँछ भन्ने हुँदैन। यदि लगानी वातावरण सकारात्मक भएको भए कर्जाको माग अझ उच्च हुन्थ्यो र त्यो रकम प्रत्यक्ष रूपमा बजारमा देखिन्थ्यो। अहिले लगानीकर्तामा आत्मविश्वासको अभाव छ।”

पाण्डेको बुझाइमा पछिल्लो समय सरकारको निगरानी र धरपकडको सन्देशले ठूला व्यवसायी तथा संस्थागत लगानीकर्तालाई समेत सतर्क बनाएको छ। त्यसैले बजारमा जोखिम लिन इच्छुक पूँजी पछाडि हटिरहेको अवस्था छ।

“सरकारले पूँजीबजारलाई हेर्ने दृष्टिकोण अझै पनि स्पष्ट र लगानीमैत्री देखिँदैन,” उनी भन्छन्, “जबसम्म लगानीकर्ताले सुरक्षित र पूर्वानुमानयोग्य वातावरण महसुस गर्दैनन्, तबसम्म बैंकबाट कर्जा बढे पनि त्यो पैसा बजारसम्म पुग्ने छैन।”

तथ्याङ्कले एउटा रोचक विरोधाभास देखाएको छ-बैंकहरू सेयर धितो कर्जा विस्तार गरिरहेका छन्, तर बजारमा त्यसको प्रभाव देखिँदैन। यसले स्पष्ट संकेत गर्छ कि अहिलेको समस्या तरलताको होइन, विश्वासको हो। लगानीकर्ताको आत्मविश्वास फर्काउन नसकेसम्म बैंकिङ प्रणालीबाट निस्किएको पैसा नेप्सेमा होइन, अन्यत्रै गइरहने सम्भावना बढी देखिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.