आईतवार, बैशाख ६,२०८३ 05:42:57
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:42:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किँदै, जानकार भन्छन्, ‘डराउनुपर्ने कुनै कारण छैन’

Bizshala
सेयरबजारको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किँदै, जानकार भन्छन्, ‘डराउनुपर्ने कुनै कारण छैन’
Shivam Cement

काठमाण्डौ । पछिल्लोपटक २६०० को विन्दुबाट लगातार बढेको बजार २९२९ सम्म पुगेको थियो । लगातार ९ दिनको वृद्धिपछि भने बजारको उकालो यात्रा यतिबेला थामिएको छ । आजसहित बजार लगातार ७ दिन घटिसकेको छ । बजारमा लगातार गिरावट आएपछि सेयर बजारमा लगानीकर्ताहरुको मनबोल निकै कमजोर बन्दै गएको छ ।  

पछिल्लो समय दिनभर सामान्य अंकले तलमाथि गर्ने गरिरहेको बजार अन्तिम समयमा भने ठूलो अंकले घट्न थालेको छ । लगातार ७ दिन घटेको बजारमा नेप्सेले करिब १४० अंक गुमाईसकेको छ। यसरी बजार घट्नुमा विभिन्न विश्लेषक तथा अर्थविद्ले आ–आफ्नो धारणा राखेका छन् । केहीले यसरी बजार घट्नुमा अघिल्लो साता धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई दर्ता हुन बोलाउनु , राजनीतिक रुपमा राजाबादीहरुको प्रर्दशनी र गणतन्त्रबादीहरुको कडा प्रतिकृया जस्ता विषयले सेयर बजारमा गिरावट आएको विश्लेषकहरुको मत रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसै विषयमा अर्थशास्त्री तथा बजार जानकार समेत रहेका डा. केशब श्रेष्ठले २/३ वटा कारणले बजारमा गिरावट आएको बताए । उनले भने,‘ बजार घट्नुको मुख्य कारण पहिलो कारण भनेको राजनीतिक नै हो । तर यो खासै तर्कसंगत भने देखिदैन । त्यसैगरि दोस्रो भनेको धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचिकृत हुन बोलाउनु हो ।’

श्रेष्ठले इन्भेष्टमेन्ट कम्पनीहरुलाई धितोपत्र बोर्डले रेर्कडमा राख्न मात्रै थालेको बताए । बजारमा भने यस विषयमा नचाहिदो अफवाह फैलाइएको उनले बताए । ‘बोर्डको यस्तो निर्देशनले केही  कालो धन्दा गर्ने  इन्भेष्टमेन्ट कम्पनीहरु बाहेक अन्य कम्पनीहरुलाई खासै असर पर्दैन । बोर्डले चारवटा इन्भेष्टमेन्ट कम्पनीलाई मात्रै दोस्रो बजारमा खरिद गर्न नपाउने भनेको छ । कसैले सेयर बेच्नै परेता पनि एकैपटक बेच्दैन,’ उनले भने ।  

उनले लगानीकर्ता अहिले नै डराउनु पर्ने कुनै कारण नरहेको पनि तर्क राखे ।  

CG Motors
Garima Development Bank
IME remit

यसैगरि, सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले पनि अहिले बजार घट्नुमा राजनीतिक विषय नै मुख्य कारण रहेको बताए । ‘अहिले बजारमा केही राजनीतिक अन्यौलता देखिन्छ। बदलिदो राजनीतिक परिवेशसँगै राजाबादीसँगै गणतन्त्रबादीहरु पनि आन्दोलनमा उत्रने समाचारहरु आए । यहि कारण लगानीकर्तामा केही डर पैदा भएको हो । तर २ ठूला दलको सरकार भएको कारण लगानीकर्ता डराउनु पर्ने अवस्था भने छैन,’ उनले भने ।  

प्राविधिक रुपमा पनि बजार यहाँभन्दा तल जाने ठाँउ नरहेको उनको विचार रहेको छ । अब नयाँ गभर्नर पनि आँउदै गरेको कारण बजारले गति लिने , तरलता फालाफाल भएको बेलामा लगानीकर्ता डराउनु नपर्ने पनि उनको तर्क छ ।  

तर बजार जानकार उपेन्द्र पाठकको मत भने केही फरक देखिन्छ । उनले सेयर बजारमा एचआरएल र एनआरआसी जस्ता केही ठूला कम्पनीहरु मात्रै चल्दा बढेको बजारमा तिनै कम्पनी घट्न थाले पछि बजार घट्न थालेको बताए । २७८० को विन्दुबाट खसेको बजार यदि २६५० विन्दुसम्म आए पनि डराउनु पर्ने कारण नरहेको पाठको तर्क छ । ‘किनकी अहिले ठूलो पैसा आईपीओबाट बाहिरिएको छ । एउटा आईपीओबाट मात्रै साढे २ अर्ब रुपैयाँ बजारबाट जाँदै छ । अन्य कम्पनीका आईपीओ पनि बिक्रीमा आएका छन् । ती कम्पनीहरुले पनि दोस्रो बजारको पैसा नै लाने हो । त्यही कारण बजारमा अहिले गिरावट आएको हो ।’

यद्यपी वाणिज्य बैंकमा कुनै गिरावट नआएको कारण डराउनु पर्ने अवस्था नरहेको उनले बताए । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.