बुधबार, आश्विन २९,२०८२ 01:24:09
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 01:24:09
IME remit
Global IME Bank Limited

सञ्चालक र कर्मचारीको चेपुवामा नेप्सेका सीईओ, मन्त्रालयबाट काम चलाउँदै

Hyundai Nepal
सञ्चालक र कर्मचारीको चेपुवामा नेप्सेका सीईओ, मन्त्रालयबाट काम चलाउँदै
Shivam Cement

काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चूडामणि चापागाई दशैंअघिदेखि कार्यालयमा उपस्थित छैनन् ।  

खासगरी दशैंअघि कर्मचारी युनियनको अगुवाईमा कर्मचारीहरुले बोनसलगायत विभिन्न माग राखेर नेप्सेका सीईओ चापागाईं र अध्यक्ष हेमन्त बस्याललाई मध्यरातसम्म कार्यालयमा थुनेका थिए । त्यसपछि प्रशासनको सहयोगमा कार्यालयबाट निस्किएका सीईओ चापागाई असुरक्षाको कारण देखाउँदै कार्यालयमा उपस्थित भएका छैनन् ।

कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्  । कर्मचारीहरुबाट लगानीकर्ताहरुका अत्यावश्यक काम भने रोकिएको छैन।

अर्थमन्त्रालयस्थित स्रोतले दिएको जानकारी अनुसार नेप्से कर्मचारीहरु आक्रमक भएपछि पछिल्लोपटक चापगाईले नेप्सेको काम अर्थ मन्त्रलायबाट नै चलाउन थालेका छन् ।  

सीईओ चापागाईले पनि नेप्से कर्मचारीहरु निषेधको सूचना टाँसेर आक्रामक भएपछि आफू अर्थ मन्त्रालयमा हाजिर हुने गरेको बताएका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेप्से कर्मचारीको बोनस र सेवासुविधा सम्बन्धी विषयमा उत्पन्न विवादबारे प्रतिक्रिया दिएका छन्। उनले आवश्यक परे अर्थ मन्त्रालयमार्फत सहजीकरण गर्न आफू तयार रहेको बताए।

‘कर्मचारीहरूले पनि कानूनको पालना गर्नुपर्छ,’ उनले भने, ‘उनीहरूलाई रितपूर्वक सेवा–सुविधा दिनुपर्छ भन्नेमा कुनै विमति छैन। सर्वोच्च अदालतबाट फैसला भएर नियमपूर्वक बोनस दिन हामी सधैं तयार छौं। तर सञ्चालक समितिले अर्थ मन्त्रालय र कानून देखाएर अगाडि बढ्न अस्वीकार गरेको छ। म त बीचमा चेपुवामा परेँ।’

सञ्चालक समितिमा मतभेद

नेप्सेका अर्को एक सञ्चालकले नाम नखुलाउने सर्तमा भने, ‘हामी पनि कर्मचारीको पक्षमै छौं। तर प्रत्येक वर्ष सेवा–सुविधा वितरणका लागि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने प्रावधान छ। बोनस सम्बन्धी मुद्दा श्रम अदालतमा जिते पनि अन्ततः अर्थ मन्त्रालयले रोकेको हो।’

उनका अनुसार कर्मचारीहरूले सर्वोच्च अदालतमा गएर अन्तिम निर्णय गराएमा समस्या स्थायी रूपमा समाधान हुने थियो।

‘रित नपुर्याई सेवासुविधा बाँड्दा भोलि बोनस ऐनअनुसार निर्णयकर्ताले नै असुल–उपर गर्नुपर्ने स्थिति आउन सक्छ,’ उनले भने, ‘त्यसैले कानूनी प्रक्रियाबाट पुनः जितेपछि स्थायी समाधान सम्भव छ।’

सरकार फेरिएपछि दबाब

नेप्से र धितोपत्र बोर्डजस्ता नियामक निकायमा सरकारले नै सीईओ वा अध्यक्ष नियुक्त गर्ने चलन रहेको छ। तर सरकार परिवर्तन भएपछि यी निकायका प्रमुखहरू समस्यामा पर्ने क्रम नयाँ होइन।

नेप्सेभित्रका स्रोतका अनुसार अघिल्ला सीईओहरूलाई पनि सरकार फेरिएपछि पद जोगाउन हम्मे-हम्मे परेको उदाहरण प्रशस्तै छन्।

धितोपत्र बोर्डमा पनि यस्तै अवस्था देखिएको छ- राजनीतिक नियुक्तिहरूका कारण भित्रका यूनियनहरूले विभिन्न माग राख्दै दबाब सिर्जना गर्ने र आरोप लगाउने गरेको पाइन्छ। जेनजी आन्दोलनका क्रममा अर्थमन्त्री र सरकार परिवर्तन भएपछि सीईओ चापागाई पनि समस्यामा परेका हुन्।

नेप्से कर्मचारीको प्रतिक्रिया

नेप्से कर्मचारी यूनियनका अध्यक्ष नवराज थापाले सीईओ चापागाई कार्यालयमा नियमित उपस्थित हुनुपर्ने बताए।

‘अहिले कार्यालयमा धेरै काम रोकिएका छन्,’ उनले भने, ‘हाम्रा मागहरू उहाँ फर्किएपछि राख्ने भन्ने कुरा छ।’

अर्का एक कर्मचारीले पनि लामो समयदेखि सीईओ सम्पर्कविहिन रहनु राम्रो संकेत नभएको टिप्पणी गरे।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.