बुधबार, आश्विन १४,२०८३ 04:39:45
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:39:45
Bizshala
Global IME Bank Limited

सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, 'नीति बनाएर मात्रै हुँदैन, कार्यान्वयन भए बजार माथि जान्छ'

Bizshala
सेयरबजारमा सामान्य गिरावट, जानकार भन्छन्, 'नीति बनाएर मात्रै हुँदैन, कार्यान्वयन भए बजार माथि जान्छ'
New Office

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३५२ कम्पनीको १ करोड २६ लाख ५५हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज तीन उपसमूहमा हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ । यो समूह आजको दिन १.१८ प्रतिशतले वृद्धि भएको छ ।  

त्यस्तै, म्युचुल फण्ड समूह ०.२५ प्रतिशत र हाइड्रो समूह ०.०१ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने उपसमूहमा भने होटल तथा पर्यटन समूह रहेको छ । यो समूह ०.५४ प्रतिशतले घटेको छ ।  

यसका साथै बैंकिङ समूह ०.३८ प्रतिशत, विकास बैंक समूह ०.५० प्रतिशत, फाइनान्स समूह ०.३३ प्रतिशत, लगानी समूह ०.१९ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२४ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२४ प्रतिशत, निर्जीवन बीमा समूह ०.१६ प्रतिशत र अन्य समूह ०.२२ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार दामोदर गजुरेलले नीतिगत घोषणा मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार सरकारले विभिन्न सुधारका नीति बनाइरहे पनि कार्यान्वयन पक्ष कमजोर हुँदा लगानीकर्तामा विश्वास बढ्न सकेको छैन । ‘सरकारले पोलिसी बनाएर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयन गर्नुपर्छ’ उनले भने, ‘पोलिसी कार्यान्वयन भयो भने मात्रै लगानीकर्ताको कन्फिडेन्स बढ्छ र उनीहरू लगानी गर्न तयार हुन्छन् ।’

उनले पछिल्लो समय लगानीकर्ताले फौजदारी तथा आर्थिक दुवै खालका जोखिमको अनुभूति गरिरहेको उल्लेख गर्दै त्यसका कारण बजारमा सक्रिय रूपमा लगानी गर्न धेरैले हिचकिचाइरहेको बताए । साथै अर्थ समितिले विभिन्न नीतिगत सुझाव तथा निर्देशन दिए पनि कार्यान्वयन तहमा अपेक्षित गति नदेखिएको उनको भनाइ छ ।

सुशासन, विधिको शासन र नीतिको विश्वसनीय कार्यान्वयनबिना बजारमा दीर्घकालीन भरोसा फर्कन कठिन हुने गजुरेलले बताए । ‘अर्थ समितिले नीति बनाएर वा निर्देशन दिएर मात्रै हुँदैन, प्रधानमन्त्रीदेखि सम्बन्धित निकायसम्मले कार्यान्वयनमा गम्भीरता देखाउनुपर्छ’ उनले भने ।

उनले नीतिगत सुधार व्यवहारमै लागू भए, नियामकीय स्पष्टता बढे र लगानीमैत्री वातावरण बने बजारले माथिल्लो दिशा समात्न सक्ने धारणा व्यक्त गरे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक  कमाउने शीर्ष १० कम्पनी  

आजको दिन सर्वाधिक कमाउने कम्पनीमा सिन्धु विकास बैंक रहेको छ । यो कम्पनीको सेयरभाउ १४.३७ प्रतिशतले बढेर ४४४.९० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सयपत्री हाइड्रोपावरको ८.४१ प्रतिशत, घलेम्दी हाइड्रोको ७.३१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ५.२६ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.२८ प्रतिशत, सनराईज ब्लुचिप फण्डको ४.१६ प्रतिशत, धौलागिरी लघुवित्तको ३.६० प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्ड–२ को ३.४५ प्रतिशत, त्रिशुली जलविद्युतको ३.१६ प्रतिशत र ८.५% लक्ष्मी बैंक डिबेञ्चरको ३ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउनेमा शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा सानिमा ग्रोथ फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ३.७८ प्रतिशतले घटेको छ ।  

त्यस्तै, चिरख्वा हाइड्रोपावरको ३.६० प्रतिशत, सोपान फर्मास्युटिकल्सको ३.५१ प्रतिशत, याम्बालिङ्ग हाइड्रोको ३.३६ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्ड–३० को ३.२६ प्रतिशत, नबिल डिबेञ्चरको २.८९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको २.८७ प्रतिशत, होटल फरेन्ट इनको २.८३ प्रतिशत, कुमारी सबल योजनाको २.७० प्रतिशत, ६.२५% प्राइम बैंक डिबेञ्चरको २.६५ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.