सोमबार, आश्विन ५,२०८३ 09:14:21
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 09:14:21
Bizshala
Global IME Bank Limited

सरकारको कर घटाउने निर्णय राजपत्रमा, सेयर बजारमा लाग्ने सीजीटीमा भारी कटौती

सरकारको कर घटाउने निर्णय राजपत्रमा, सेयर बजारमा लाग्ने सीजीटीमा भारी कटौती
New Office

काठमाण्डौ। लामो समयदेखि पुँजीगत लाभकर घटाउन माग गर्दै आएका सेयर लगानीकर्तालाई सरकारले ठूलो राहत दिएको छ। मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्दै अर्थ मन्त्रालयले व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने लाभमा लाग्ने पुँजीगत लाभकर (सीजीटी) घटाएको हो।

सरकारले नयाँ करका दर राजपत्रमा प्रकाशित गरेसँगै यसअघि निर्णयमा मात्रै सीमित रहेको पुँजीगत लाभकर कटौतीले औपचारिक तथा कानुनी मान्यता पाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राजपत्रमा प्रकाशित सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको सेयर बिक्री गर्दा प्राकृतिक व्यक्तिलाई प्राप्त हुने लाभमा स्वामित्व अवधिका आधारमा दुई फरक दरले कर लाग्नेछ।

एक वर्ष अर्थात् ३६५ दिनभन्दा बढी समय स्वामित्वमा राखिएको सेयर बिक्रीबाट प्राप्त लाभमा अब ३.७५ प्रतिशत मात्र पुँजीगत लाभकर लाग्नेछ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधिसम्म स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत कर कायम गरिएको छ।

यसअघि दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। नयाँ व्यवस्थापछि दीर्घकालीन लगानीकर्ताको कर १.२५ प्रतिशत बिन्दु तथा अल्पकालीन कारोबारीको कर २.५ प्रतिशत बिन्दुले घटेको छ।

मन्त्रिपरिषद्को निर्णयले पायो कानुनी रूप

नेपाल सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी करका नयाँ दर लागू गरेको राजपत्रमा उल्लेख छ। यसका लागि आयकर ऐन, २०५८ को दफा ९५क तथा अनुसूची–१ मा रहेको व्यवस्थाअनुसार लाग्ने करका दर संशोधन गरिएको हो।

यसअघि मन्त्रिपरिषद्ले पुँजीगत लाभकर घटाउने निर्णय गरे पनि राजपत्रमा सूचना प्रकाशन नभएसम्म कार्यान्वयनको मिति र वास्तविक दरलाई लिएर लगानीकर्तामा अन्योल देखिएको थियो। अब राजपत्रमै सूचना प्रकाशित भएपछि नयाँ दर कार्यान्वयनको कानुनी आधार स्पष्ट भएको छ।

व्यक्तिगत लगानीकर्तालाई सीधा लाभ

सरकारको यो निर्णयको प्रत्यक्ष लाभ प्राकृतिक व्यक्ति अर्थात् व्यक्तिगत लगानीकर्ताले पाउनेछन्। राजपत्रमा उल्लिखित सहुलियत नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राप्त हुने लाभमा लागू हुनेछ।

सूचनाले संस्थागत लगानीकर्ता वा कम्पनीका नामबाट हुने कारोबारको करदर परिवर्तन गरेको उल्लेख गरेको छैन। त्यसैले घटाइएको दरलाई सबै प्रकारका लगानीकर्तामा लागू भएको अर्थमा बुझ्न मिल्दैन।

बजारमा कारोबार र आत्मविश्वास बढ्ने अपेक्षा

पुँजीगत लाभकर घटाउने निर्णयले विशेषगरी छोटो अवधिमा सेयर कारोबार गर्ने लगानीकर्ताको लागत उल्लेख्य रूपमा कम गर्नेछ। अल्पकालीन कारोबारमा कर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झर्नु बजारको तरलता तथा कारोबार रकम बढाउन सहयोगी हुने अपेक्षा गरिएको छ।

त्यस्तै, एक वर्षभन्दा बढी समय सेयर राख्ने लगानीकर्ताको करदर ३.७५ प्रतिशतमा झारिनुले दीर्घकालीन लगानीलाई पनि प्रोत्साहन गर्ने देखिन्छ। बजार सुस्त रहेको र लगानीकर्ताको मनोबल कमजोर बनेको समयमा आएको कर कटौतीले बजारमा सकारात्मक मनोविज्ञान निर्माण गर्न सक्ने विश्लेषकहरूको अपेक्षा छ।

सरकारले पछिल्लो समय पुँजीबजारको सुदृढीकरण तथा पुनरुत्थानका लागि अघि सारेका नीतिगत कदममध्ये पुँजीगत लाभकर कटौतीलाई लगानीकर्ताले तत्काल अनुभव गर्न सक्ने महत्त्वपूर्ण सुधारका रूपमा हेरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.