सरकारले पूँजीबजारबाट उठायो हालसम्मकै उच्च राजश्व, तीन गुणाले बढ्यो
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले सेयर बजारबाट १६ अर्ब ५४ करोड पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढी हो । यस्तै यो रकम कुनैपनि एक आर्थिक वर्षमा संकलन भएको हालसम्मकै उच्च हो । यसअघि भने आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी राजश्व संकलन भएको थियो । उक्त आवमा सरकारले पूँजीबजारबाट १५ अर्ब राजश्व संकलन गरेको थियो । आव...