बिहीबार, श्रावण २१,२०८३ 12:38:24
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:38:24
Bizshala
Global IME Bank Limited

भोलिदेखि सेयर कारोबारमा नयाँ कर नियम, पूँजीगत लाभकर नै हुनेछ अन्तिम कर !

भोलिदेखि सेयर कारोबारमा नयाँ कर नियम, पूँजीगत लाभकर नै हुनेछ अन्तिम कर !
New Office

काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ भोलि (शुक्रबार)देखि सुरु हुँदैछ। यससँगै सरकारले उक्त आर्थिक वर्षका लागि ल्याएको बजेटसम्बन्धी सम्पूर्ण विधेयकहरू पनि शुक्रबारदेखि नै कार्यान्वयनमा आउनेछन्।

नयाँ आर्थिक वर्षसँगै सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको व्यवस्था पनि परिवर्तन हुँदैछ। सरकारले सार्वजनिक गरेको बजेटअनुसार नयाँ आवदेखि सेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि हुनेछ।

नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ।

तर आजसम्म हुने सेयर बिक्रीमा भने पुरानै व्यवस्था लागू हुनेछ। हालसम्म एक वर्षभन्दा कम अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ।

यससँगै सूचीकृत सेयर बिक्रीमा ब्रोकरमार्फत काटिने पूँजीगत लाभकरलाई नै ‘अन्तिम कर’ (Final Tax) मानिने व्यवस्था पनि शुक्रबारदेखि लागू हुनेछ। यसपछि लगानीकर्ताले पूँजीगत लाभकरबाहेक सोही आम्दानीमा अन्य करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने छैन।

हाल नेपालमा व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी समय सेयर होल्ड गरी बिक्री गर्दा भएको नाफामा ५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन्। 

नयाँ आर्थिक वर्षदेखि भने व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा कम अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधि होल्ड गरिएको सेयर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ।

संस्थागत लगानीकर्ताका लागि भने छुट्टै कर व्यवस्था कायम रहनेछ। सरकारले पूँजीगत लाभकरलाई नै अन्तिम करको रूपमा मान्यता दिएपछि कर प्रशासनसँग सम्बन्धित विवाद तथा व्याख्यामा स्पष्टता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.