मंगलवार, कार्तिक ३,२०८३ 02:40:20
  • मंगलवार, कार्तिक ३,२०८३ 02:40:20
Global IME Bank Limited

सरकारले पूँजीबजारबाट उठायो हालसम्मकै उच्च राजश्व, तीन गुणाले बढ्यो

Bizshala
सरकारले पूँजीबजारबाट उठायो हालसम्मकै उच्च राजश्व, तीन गुणाले बढ्यो
New Office

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले सेयर बजारबाट १६ अर्ब ५४ करोड पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढी हो ।  

यस्तै यो रकम कुनैपनि एक आर्थिक वर्षमा संकलन भएको हालसम्मकै उच्च हो । यसअघि भने आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी राजश्व संकलन भएको थियो । उक्त आवमा सरकारले पूँजीबजारबाट १५ अर्ब राजश्व संकलन गरेको थियो ।  

आव २०८१/८२ मध्ये साउन महिनामा सबैभन्दा बढी अर्थात ४ अर्ब २३ करोड राजश्व उठेको छ । यस्तै पुस महिनामा सबैभन्दा कम अर्थात ५८ करोडबराबर राजश्व उठेको छ । गत आर्थिक वर्षको साउन ३० गते करिब ३० अर्बबराबरको सेयर कारोबार भएको थियो । जुन एक दिनमा भएको हालसम्मकै उच्च कारोबार हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आर्थिक वर्ष २०८०/८१ मा भने नेपाल सरकारले पूँँजीबजारबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो । यो रकम आर्थिक वर्ष २०७९/८० को तुलनामा ४६ प्रतशितले बढी हो ।  

यसैगरी, आर्थिक वर्ष २०७९/८० मा सरकारले पूँजीबजारबाट जम्मा २ अर्ब ९७ करोड, आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ३५ करोड, आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब भन्दा बढीको राजश्व उठाएको थियो ।  

आर्थिक वर्ष २०७७/७८ मा सेयर बजार हालसम्मै उच्च विन्दु अर्थात ३२ सय विन्दु पुगेको थियो । त्यस वर्ष एकै दिन २१ अर्बमाथिको कारोबार भएको थियो ।  

सेयर बजारमा दीर्घकालिन भन्दा अल्पकालिन लगानीकर्ताले बढी पूँजीगत कर तिर्ने गरेका छन् । अल्पकालिन लगानीकर्ताले नाफा भएको खण्डमा साढे ७ प्रतशित र दीर्घकालिन लगानीकर्ताले ५ प्रतशित पूँजीगत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले हाल १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.