• बिहीबार, भाद्र २६,२०८२ 01:40:45
Global IME Bank Limited

पूँजी बजारबाट चैतमा ६३ करोडले घट्यो सरकारको राजश्व,अल्पकालिनले तिरे सबैभन्दा बढी

Hyundai Nepal
पूँजी बजारबाट चैतमा ६३ करोडले घट्यो सरकारको राजश्व,अल्पकालिनले तिरे सबैभन्दा बढी

काठमाण्डौ । फागुन महिनाको तुलनामा चैतमा बजारमा करेक्सन आउदा सरकारलाई पूँजीबजारबाट उठ्ने राजश्व पनि गुमेको छ । फागुन महिनाको तुलनामा चैत महिनमा झण्डै ६३ करोडले सरकारको राजश्व कम उठेको छ । सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार सरकारले चैत महिनमा पूँजी बजारबाट ६९ करोड ३५ लाख ८० हजार ८२५ रुपैयाँ राजश्व उठाएको छ । फागुन महिनामा भने सररकारले पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चैत्र महिनामा पनि  सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले ४१ करोड ११ लाख रुपैैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले २१  कर तिरका छन् । त्यसैगरि, कर्पोरेट सँस्थाहरुले ७ करोड ४५ लाख र स्टक डिलरहरुले ८ करोड १ लाख कर तिरेका छन् ।  

धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत,दीर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् । यस हिसाबले हेर्दा  सरकारले अल्पकालिन लगानीकर्ताबाट हरेक महिना बढी राजस्व उठाएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.