बुधबार, चैत्र २०,२०८१ 12:50:58
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:50:58
IME remit
Global IME Bank Limited

बासी सूचनाको भरमा पूर्वअर्थमन्त्रीले बोल्दा नेप्सेमा अख्तियार पस्यो, ५ वर्षअघिको घटना ब्यूँताएर बजार प्रभावित गर्ने प्रपञ्च !

Hyundai Nepal
बासी सूचनाको भरमा पूर्वअर्थमन्त्रीले बोल्दा नेप्सेमा अख्तियार पस्यो, ५ वर्षअघिको घटना ब्यूँताएर बजार प्रभावित गर्ने प्रपञ्च !
Nabil Bank Limited

काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको प्रतिनिधिसभाअन्तरगतको अर्थसमितिको बैठकमा बासी सूचनाको आधारमा बोलेको कुराले ५ वर्ष पुरानो केश ब्यूँताइएको छ । केही खेलाडीहरुले पुरानो घटनालाई ताजाजस्तो गरी प्रस्तुत गरेपछि बढ्दो बजार र लगानीकर्ताको मनोबलमै पनि प्रभाव पर्ने खतरा देखिएको छ ।  

स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने बढ्दो बजार र लगानीकर्तामा देखिएको उच्च आत्मबललाई मत्थर पार्ने प्रपञ्चअन्तरगत पुरानो घटना र बासी सूचनालाई आधार मानी बोलिएको विषयलाई ताजा बनाउन खोजिएको छ । 

Shivam Cement
Bizshala
CG Motors

घटना हो नेपालको सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेभित्रको  । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटा टोली नेप्सेभित्र प्रवेश गरी आइटी विभागमा कार्यरत दुई कर्मचारीको कार्यकक्षमा छापा मारी केही कागजात जफत गर्यो भने ती दुवै कर्मचारीको मोवाइल समेत लिएर गयो ।

यो विषयलाई हालसालैको बजारसँग जोडेर इन्साइडर ट्रेडिङमा संलग्नताको आरोपमा दुई कर्मचारीको मोवाइल जफत भएको र अख्तियारले अनुसन्धान सुरु गरेको रुपमा प्रचार गरिएको छ । तर, घटना बाहिर आएजस्तो भने छैन ।  

फेरि किन जाग्यो अख्तियार ?

अर्थमन्त्री भइसकेको र सत्तारुढ गठबन्धनको ठूलो दलको प्रवक्ता समेत रहेका सांसद डा. प्रकाशशरण महतले अर्थसमितिको बैठकमा नेप्सेका कर्मचारीहरु नै इन्साइडर ट्रेडिङमा संलग्न रहेका सूचना आफूलाई धितोपत्र बोर्डबाट आएको अभिव्यक्ति दिएका थिए ।  

उनले हालसालै आफूले सूचना पाएको शैलीमा बासी सूचनालाई गोलमटोल प्रयोग गर्दै बजारको विषयमा निकै सम्वेदनशील अभिव्यक्ति दिएका थिए ।  

बजारको प्रमुख नियामक धितोपत्र बोर्डबाटै आफूलाई सूचना आएको भन्दै अर्को सरकारी निकायका कर्मचारीमाथि इन्साइडर ट्रेडिङको संगीन आरोप अर्थमन्त्री भइसकेको व्यक्तिले लगाइसकेपछि यसको विषयमा अख्तियार दुरुपयोग अनुसन्धानले चासो दिन थाल्यो ।  

अख्तियारमा यस विषयमा छलफल समेत भयो । डा. महत निकटलाई पनि उनले भनेका विषयमा थप कुरा बुझ्ने काम भयो । फलस्वरुप अख्तियारले आइटी विभागमा कार्यरत दुई कर्मचारीसँग जोडिएको पुरानो घटनालाई नै आधार मानी डा. महतले बोलेको निश्कर्ष निकालेपछि सोमबार पुनः एक्सनमा उत्रिएको हो ।  

के हो पुरानो घटना ?  

यो घटना कोभिडलगत्तै बढेको सेयर बजारसँग सम्बन्धित छ । जुनबेला नेप्सेको आइटी विभागका कर्मचारीहरु प्रभाकर घिमिरे र  निशा तिम्सिना छानबनिको दायरामा तानिएका थिए । कोभिड १९ पछि उछालको गतिमा बढेको बजारमा घिमिरेले आफ्नी बहिनी र तिम्सिनाले आफ्ना पतिको नाममा सेयर कारोबार गरेको भेटिएको थियो । एकैघरमा रहेको परिवारका सदस्यले सेयर कारोबार गरेको भन्दै सोबेला अख्तियारमा नेप्सेको आइटी विभागकै अन्य कर्मचारीले उजुरी गरिदिएका थिए ।  

त्यही उजुरीका आधारमा त्यसबेलादेखि नै घिमिरे र तिम्सिनाको विषयमा अख्तियारले छानबिन गरिरहेको थियो ।  

यो छानबिन सुरु भएको ५ वर्ष बितिसक्दा समेत ती दुई कर्मचारीको विषयमा अख्तियार र स्वयम् नेप्से पनि कुनै निर्णयमा पुग्न सकेको छैन । यही बेला डा. महतले नेप्सेका केही कर्मचारी इन्साइडर ट्रेडिङमा संलग्न रहेका गम्भीर आरोप लगाएपछि र उनले गरेको इशारा समेत घिमिरे र तिम्सिनासँग सम्बन्धित पुरानो घटना नै देखिएपछि अख्तियारले त्यसलाई पुनः ताजा बनाउने काम गरेको हो ।  

अख्तियार स्रोतकाअनुसार लामो समयसम्म नटुंगिएको विषयलाई निश्कर्षमा पुर्याउने हिसाबले नयाँ ढंगले अनुसन्धान थालिएको हो ।  

हुन त कानूनविपरीत कारोबारमा संलग्नता देखिएका कर्मचारीहरुले गलत गरिएको देखिए पनि उनीहरुमाथि कुनै कारबाही हुन सकेको छैन । यी दुई कर्मचारीलाई सेवाबाट निलम्बन गर्नेसम्मको सिफारिस त्यसबेलै धितोपत्र बोर्डले पनि गरेको थियो । तर, धितोपत्र बोर्डको सिफारिसलाई नेप्सेको सञ्चालक समितिले अस्वीकार गरिदियो । तत्कालीन समयका दुई सञ्चालक धितोपत्र बोर्डले गरेको सिफारिसको विपक्षमा उभिएर घिमिरे र तिम्सिनालाई निलम्बन गर्नु नपर्ने भन्दै प्रस्तुत भएपछि उनीहरु निरन्तर सेवामा छन् ।  

संगीन आरोप लागेर प्रमाणहरु नै आइसक्दा समेत नेप्सेले यी दुवै कर्मचारीलाई विभाग सरुवा समेत गरेको छैन । उनीहरु आजको दिनसम्म पनि आइटी विभागमै कार्यरत छन् । यसकारण अख्तियारले सोही विभागमा रहेका घिमिरे र तिम्सिनाले पछिल्लो समय पनि कुनै त्यस्तै गलत काम गरे कि भन्ने शंकाले समेत अनुसन्धान अगाडि बढाएको छ ।  

‘तर हाम्रो अनुसन्धान मुख्य रुपमा पुरानै केशमा केन्द्रीत छ ।’ अख्तियार स्रोतले भन्यो–‘अर्थमन्त्री भइसकेको व्यक्तिले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिलाई हामीले बेवास्ता गर्न मिल्दैन । खुलेआम इन्साइडर ट्रेडिङ हुने गरेको सूचना आफूलाई आएको भनिरहँदा त्यसमा अनुसन्धान गर्ने निकायले आँखा चिम्लिनु मुनासिव हुन्न ।’  

यो प्रकरणको विषयमा बुझ्न खोज्दा नेप्सेका अधिकांश उच्च अधिकारीहरु बोल्न चाहेनन् । एक कर्मचारीले भने नेप्सेको आइटी विभागभित्रकै कर्मचारीको आन्तरिक लडाईले यो विषय बाहिर आएको दाबी गरे ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.