शनिबार, असार २१,२०८२ 05:43:25
  • शनिबार, असार २१,२०८२ 05:43:25
Global IME Bank Limited

नेप्सेले आगामी सातासम्म नयाँ सीईओ पाउनसक्ने, अन्तर्वार्तामा पाँच जनानै उपस्थित

Hyundai Nepal
नेप्सेले आगामी सातासम्म नयाँ सीईओ पाउनसक्ने, अन्तर्वार्तामा पाँच जनानै उपस्थित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आगामी सातासम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएको छ । आज अर्थ मन्त्रालयमा भएको अन्तर्वार्ता तथा  व्यवसायिक कार्ययोजना प्रस्तुतिमा ५ जना उम्मेद्वारनै उपस्थित भएका छन् ।  

उपस्थित भएका मध्येका एक जना आवेदकले दिएको जानकारी अनुसार आज बिहान ७ बजेदेखि पालै–पालो कार्ययोजना प्रस्तुतिकरण भएको थियो । उक्त प्रस्तुतिमा पाँच जना नै उपस्थित भएको उनले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अब कार्यदलले पाँच जनाको कार्ययोजना अध्ययन गरेर तीन जनाको नाम मन्त्रीपरिषदमा पठाउने छ । जसपश्चात मन्त्रीपरिषदले उक्त तीन जनामध्येबाट एक जनालाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्नेछ । 

मन्त्रीपरिषदको नियमित बैठक सोमबार र बिहिबार बस्ने गर्छ । त्यसैले बिहिबार अथवा आगामी साताको सोमबारसम्म नेप्सेले नयाँ नेतृत्व पाउने लगभग पक्का भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.