बुधबार, भाद्र २५,२०८२ 05:48:31
  • बुधबार, भाद्र २५,२०८२ 05:48:31
Global IME Bank Limited

तीन महिना बितिसक्दा पनि नेप्सेमा आएनन् नयाँ अध्यक्ष, हटाइएन पुरानाको फोटो

Hyundai Nepal
तीन महिना बितिसक्दा पनि नेप्सेमा आएनन् नयाँ अध्यक्ष, हटाइएन पुरानाको फोटो

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले तत्कालिन अध्यक्ष शोभकान्त पौडेललको फोटो पदबाट हटेको तीन महिना पुग्दा समेत वेबसाइटबाट हटाएको छैन । पौडेलको फोटो नेप्सेको वेबसाइटमा अझैसम्म देख्न सकिन्छ ।  

नेप्से कति चुस्त र दुरुष्त चलेको छ भन्ने यसबाट नै प्रष्ट हुन्छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले अध्यक्ष हटेको दिन देखिनै फोटो पनि हटाउने गरेका छन् । नेप्सेको वेबसाइड अनुसार हाल नेप्सेका अध्यक्ष शोभाकान्त पौडेल रहेको भन्ने बुझिन्छ । तर उनी हाल महालेखा नियन्त्रक भएर अन्यत्र नै सरुवा भएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हाल अध्यक्ष बिहिन रहेको नेप्सेले अध्यक्ष नभएको कारण नै नीति तथा कार्यक्रम पारित गर्न सकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अब जेष्टता तथा वरिष्ठताको आधारमा सञ्चालकहरुले नै अध्यक्षता गरेर यहि आर्थिक वर्ष भित्र नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए ।  

नेप्सेमा तत्कालिन अध्यक्ष शोभकान्त पौडेल सरुवा भएर अन्यत्र गएपछि अर्थ मन्त्रालयले नयाँ अध्यक्ष पठाउन सकेको छैन । नेपाल स्टक एक्चेञ्जमा अर्थ मन्त्रालय , नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट सञ्चालक हुने प्रावधान रहेको छ । अध्यक्ष भने अर्थ मन्त्रायबाट सहसचिव स्तरको व्यक्ति पठाइदै गरेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.