मंगलवार, कार्तिक ३,२०८३ 02:13:28
  • मंगलवार, कार्तिक ३,२०८३ 02:13:28
Global IME Bank Limited

बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्न नेप्सेसँग ५ कम्पनीको सम्झौता

Bizshala
बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्न नेप्सेसँग ५ कम्पनीको सम्झौता
New Office

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलसहित ५ कम्पनीले बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्ने भएको छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्नका लागि सम्झौता भएको छ ।  

जसमा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड रहेका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त कम्पनीहरुले बुक बिल्डिङ्गमार्फत योग्य संस्थागत लगानीर्काहरुको लागि छुट्याएको सेयरको शिलबन्दी बोलपत्र सम्बन्धी कार्य संचालन गर्नका लागि नेप्सेसँग सम्झौता गरेको छ ।  

जसअनुसार ठूला संस्थागत लगानीकर्ताहरुले पहिले मूल्य प्रस्ताव गर्नेछन् र त्यसैको आधारमा सेयरको अन्तिम मूल्य तय हुनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नर्भिक हस्पिटलले संस्थागत लगानीकर्ताको लागि ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ्ग मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले ६ लाख कित्ता छुट्याएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.