मंगलवार, फाल्गुन १३,२०८१ 08:06:23
IME remit
  • मंगलवार, फाल्गुन १३,२०८१ 08:06:23
IME remit
Global IME Bank Limited

धितोपत्र बोर्डको बैठक आज बस्दै, अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा छलफल हुने

Hyundai Nepal
धितोपत्र बोर्डको बैठक आज बस्दै, अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा छलफल हुने
Nabil Bank Limited

काठमाण्डौ । पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको विषयमा आज बस्न लागेको धितोपत्र बोर्डको बैठकमा छलफल हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अघिल्लो साता एक विनियमावलीलाई परिमार्जन गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने पस्ताव धितोपत्रबोर्डमा पठाएको थियो ।  

धितोपत्र बोर्डका कार्यकारी निर्देशक बिनय देब आचार्यले आज बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुने जानकारी दिए । उनले भने, ‘यो विषय नेप्सेबाट आएको छ । आजसम्म यस विषयमा कुनैपनि छलफल भएको छैन, तर आज बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुनसक्छ,’ उनले थप्दै भने, ‘बोर्डले के निर्णय गर्छ त्यही अनुसार अगाडी प्रक्रिया अगाडी बढ्ने हो । ’

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

नेप्सेले १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने भएपछि बजारमा लगानीकर्ताहरुमा केही अन्यौलता पनि देखिएको छ । केहीले यो व्यवस्थाको समर्थन पनि गरेका छन् भने केहीले भर्खरै बामे सर्दै गरेको बजारमा अनेक फण्डा ल्याएर बजार घटाउन नियामक नै लागेको प्रतिक्रिया पनि दिएका छन् ।

Sagarmatha Cement

यसै विषयमा नेप्सेका कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले बिजशालासंग कुरा गर्दै नेप्सेले यस विषयलाई नेप्सेको बोर्डबाट पास गरेर धितोपत्र बोर्डमा पठाएको जानकारी दिए । फुयाँलले अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मुल्य कायम गर्ने विषय खासै ठूलो विषय नभएको र यस अघि पनि सेबोनसँग एकपटक छलफल भएको जानकारी दिए । उनले भने, ‘मैले बुझेसम्म भारतको बजारमा यो लागू भएको छ । तर उच्च तरलता भएको बजारमा भने यो सम्भब देखिदैन । हामीले पास गरेर धितोपत्र बोर्ड पठाएका छौ, अब सेबोनले कसरी बुझ्छ ? त्यसैमा भर पर्छ ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.