आईतवार, बैशाख ६,२०८३ 08:22:30
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:22:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यी हुन् नेप्सेमा ‘लो क्याप र उच्च मूल्य’ भएका कम्पनी, आत्मनिर्भरको सेयर भाउ ५ हजार माथि किन ?

Bizshala
यी हुन् नेप्सेमा ‘लो क्याप र उच्च मूल्य’ भएका कम्पनी, आत्मनिर्भरको सेयर भाउ ५ हजार माथि किन ?
Shivam Cement

काठमाण्डौ । एउटा भनाइ छ –युद्ध, प्रेम र सेयर बजारमा जे पनि हुन सक्छ । त्यही भनाईलाई पुष्टि गर्ने गरि नेपालको सेयर बजारमा पनि केही कम्पनीको सेयरभाउ निकै अस्वभाविक बढेको देखिन्छ ।  

विश्व बजारमा एक कित्ता सेयरको भाउले २ वटा  घर नै पनि आउन सक्छ । उदारणका लागि वर्कशायर हाथवे कम्पनीको सेयर मुल्य अहिले पनि प्रतिकित्ता ७ लाख ८ हजार अमेरिकी डलर रहेको छ । जहाँ अमेरिकमा नै एक कित्ता सेयरले २ वटा घर आउन पनि सक्छ । नेपालमा नै नेप्सेमा सूचीकृत सबै भन्दा महँगो कम्पनी युनिलिभर नेपालको सेयर भाउ ४७ हजार १७५ रुपैयाँ रहेको छ । त्यस पछि राष्ट्रिय बीमा कम्पनीको सेयर भाउ प्रतिकित्ता १६ हजार ८५५ रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तेस्रोमा बोटलर्स नेपाल बालाजुको सेयर भाउ १६ हजार ६६२ रुपैयाँ , बोटलर्स नेपाल तराइको सेयर भाउ १४ हजार ३०१ रुपैयाँ ,साल्ट ट्रेडिङ कम्पनीको ५ हजार ७३५ रुपैयाँ छ भने छैटौं स्थानमा आत्मनिर्भर लघुवित्तको सेयर भाउ ५ हजार २२६ रुपैयाँ रहेको छ । आज बजार ५१ अंकले घट्दा पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर अपर सर्किट लागेको छ ।  

यहाँ अनौठो के त छ भने यो कम्पनीको प्रतिसेयर आम्दानी भने २५ रुपैंयाँ नेगेटिभ रहेको छ । तर यसको मूल्य यति उच्च हुनुको एक मात्रै कारण लो क्याप नै हो । कम्पनीको जम्मा पूँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको छ । जसमा सर्वसाधारणतर्फ ३२.६३ प्रतिशत अर्थात २ लाख २० हजार कित्ता सेयर मात्रै सर्वसाधारणमा रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

यही लो क्यापको फाइदा उठाएर सेयरको भाउ ५ हजार माथि पुगेको ब्रोकर हाउसहरुमा चर्चा सुनिन्छ ।  

उच्च मूल्य हुनेमा विशाल बजार कम्पनी पनि रहेको छ । यो कम्पनीको सेयर भाउ आज ४ हजार २७० रुपैयाँ रहेको छ । यस्तै समाज लघुवित्त, युनिक नेपाल लघुवित्त, उपकार लघुवित्त र गुराँस लघुवित्तको सेयरमूल्य पनि उच्च छ । यी कम्पनीहको पनि सेयर मुल्य उच्च हुनुमा पहिलो कारण लो क्याप नै हो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.