काठमाण्डौ । यो साता टप १० कम्पनीहरुमा अधिकांश लघुवित्त र जलविद्युत कम्पनीहरु परेका छन् । जसमा पहिलो नम्बरमा नेपाल फाइनान्सका लगानीकर्ताहरुले २६ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
यसैगरी दोस्रो नम्बरमा समाज लघुवित्तका लगानीकर्ताहरुले करिब १४ प्रतिशत, मान्डु हाइड्रो पावरका लगानीकर्ताहरुले करिब १२ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ११.६७ प्रतिशत, मन्दाकिनी हाइड्रो पावरका लगानीकर्ताहरुले १०.८९ प्रतिशत, बुद्धभूमि हाइड्रो पावरका लगानीकर्ताहरुले १०.५१ प्रतिशत, वीन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले १०.३६ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ८ प्रतिशत, आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ७ प्रतिशत, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले पनि यो साता साढे ६ प्रतिशत आम्दानी गरेका छन् ।