मंगलवार, आश्विन १३,२०८३ 05:19:42
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:19:42
Bizshala
Global IME Bank Limited

‘दिगो बुल’को छनक पाएपछि लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्यो दोश्रो सर्किट

Bizshala
‘दिगो बुल’को छनक पाएपछि लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्यो दोश्रो सर्किट
New Office

काठमाण्डौ । चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा उच्च मनोबल देखिएको छ । लगानीकर्ताको मनोबल फर्किएपछि र ठूला तथा संस्थागत लगानीकर्ता समेत दिगो बुल सुरु हुने विश्वासहित बजारमा प्रवेश गरेपछि त्यसको प्रभाव नेप्से परिसूचकमा देखिएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत स्थिरता भई अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढ्दा चुनावपछि सोमबार खुलेको बजारमा लगातार दोश्रो सर्किट लागेको छ ।  

सोमबार बजार खुलेको एकमिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाई २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा उछालको गति उस्तै रह्यो र फेरि एकमिनेटमै अर्को १ प्रतिशत विन्दू अर्थात कुल ५ प्रतिशतले नेप्से बढेपछि ४० मिनेटका लागि कारोबार हल्ट(स्थगन) भएको हो । पहिलो सर्किटपछि खुलेको बजार परिसूचक(नेप्से) ५ प्रतिशत(१३५.७२ अकं)बढेर २८४८.२२ विन्दूमा पुगेको छ । 

अब ४० मिनेटपछि खुल्ने बजार थप १ प्रतिशत विन्दू अर्थात कुल ६ प्रतिशतले बढ्यो भने आज(सोमबार)का लागि कारोबार बन्द हुनेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.