काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित हुँदा आज सेयर बजार खुलेको ४ मिनेटमै पोजिटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ ।
नेप्से परिसूचकमा बजार खुलेको ४ मिनेटमै ७९.२९ अंक(४.०४ प्रतिशत)को बढोत्तरी भएपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार स्थगन गरेको हो ।
कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।
दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार घटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।