मंगलवार, कार्तिक ३,२०८३ 02:13:02
  • मंगलवार, कार्तिक ३,२०८३ 02:13:02
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता: ब्याजदर घट्यो भनेर सेयर थपियो, अहिले थला परियो

Bizshala
ग्राउण्ड जिरोका लगानीकर्ता: ब्याजदर घट्यो भनेर सेयर थपियो, अहिले थला परियो
New Office

काठमाण्डौ । सधैंजस्तै आज पनि हामीले साताको पहिलो कारोबार दिन लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी अनामनगरमा रहेका केही ब्रोकरहाउसमा पुगेर लगानीकर्ताहरुको मनोविज्ञान, विचार सुन्ने र ग्राउण्ड जीरोमा रहेको बजार वा विभिन्न कम्पनीहरुप्रतिको धारणा सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  

हामी सबैभन्दा पहिले अनामनगरमा रहेको कालिका सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४६)मा पुग्यौं ।  

कारोबारको सुरुवाती समयमा बजार ५ अंक जतिले बढेको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरु आउने क्रम जारी थियो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ब्रोकरहाउसमा लगानीकर्ताहरु बजारको सम्भावना र प्राविधिक विश्लेषणको छलफलमा ब्यस्त देखिन्थे । केही लगानीकर्ता भन्दै थिए-'आज बजार बढेर बन्द हुन्छ ।' केही लगानीकर्ता भन्दै थिए-'होइन होइन, अझै करेक्सन सकिएको छैन  ।' 

एक लगानीकर्ताले कम्पनीले कमायो भन्दैमा विश्वास गरिहाल्न नहुने बताए । 'एनआईसी एशिया, माछापुच्छ्रे, सानिमा बैंक र सिद्धार्थ बैंक ठीकै छ जस्तो लाग्छ मलाई त ।'- ती लगानीकर्ताले अरुलाई कन्भिन्स गर्दै गरेका देखियो ।  

यही ब्रोकरमा भेटिएका अर्को एक लगानीकर्ताले भने-'बैंक, सहकारी र लघुवित्त समस्यामा परेका नै छिटो पैसा कमाउने नाममा अनावश्यक ठाउँमा लगानी गरेर हो नि ।'  

उनले अगाडि थपे-'अब त सबैलाई थाहा भयो, जहाँ पायो त्यहीँ लगानी गर्न नहुने रहेछ भनेर ।'  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजारभन्दा फरक प्रसङ्ग कोट्याउँदै भने-'काठमाण्डौको डाँडाकाँडाको जग्गा पनि खाली रहेनन् । सबैतर्फ घडेरी नै घडेरी मात्रै हुने भयो ।'  

यो ब्रोकरमा लगानीकर्ता केही बाणिज्य बैंकको सेयर एकसय आसपास आउने दाबी गरिरहेका भेटिए । ब्रोकरहाउसमा यस्तै गल्फत्ती चल्दै थियो, बजार पनि निरन्तर घट्दै थियो ।  

केही समयको बसाइँपछि हामी अनामनगरमा नै रहेको इम्पेरियल सेक्युरिटिज( स्टक ब्रोकर नम्बर ४५)मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले नयाँ आईपीओ र बोनस लिस्टिङ हटाउने हो भने बजार ११ सय नै रहेको दाबी गरे । बैंकको सेयर त धेरै तल आएको भन्दै किन्ने अवसर समेत भएको उनको ठहर थियो ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने-'यो बजारमा गुरु कसैलाई मानेर नहुने रहेछ । कतिमा किन्ने कतिमा बेच्ने भन्ने आफैंले टार्गेट राखेर काम गर्नुपर्ने रहेछ । आफैं गुरु र आफैं चेला हुँदा राम्रो ।'  

यही ब्रोकरमा भेटिएका लगानीकर्ताहरुले बेष्ट हाइड्रो कम्पनी,  आरबीसीएल, सानाकिसान लघुबित्त, माण्डु हाइड्रोजस्ता कम्पनीको चर्चा गरेका सुनियो ।  

केहीले नेपाल फाइनान्सको पनि चर्चा गरेको सुनियो । एक लगानीकर्ताले ‘एनआइसी एसिया बैंकको हल्ला के हो भनेर सोधे ?’ उनीसँगै बसेका लगानीकर्ताहरुले नचाहिँदो हल्ला भएको भन्दै खासै ध्यान दिएको देखिएन ।  

केही समयको बसाइँपछि हामी अनामनगरमै रहेको दीपशिखा(स्टक ब्रोकर नम्बर ३८)मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यहाँ पनि लगानीकर्ताहरु प्राविधिक चार्ट हेर्दै बजारको विषयमा चर्चा गर्दै बसेका थिए । यहाँ भेटिएका लगानीकर्ताले भन्दै थिए-'बजारमा पैसा छैन । हाइक्याप चलाउन पैसा नै चाहिन्छ ।'  

यसै ब्रोकरमा अर्का एक लगानीकर्ताले भने-'यो हाथ्वे पनि सेलायो । एकदिन उचाल्छ, बढ्दैन, पटक्कै बढ्दैन ।' 

उनले थप्दै भने-'ठूलाले मज्जाले पैसा लिएर गए । आईपिओबाट पैसा लिएर गए ।'  

यसै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले भने-'ए साथी एनआरएन थप्ने होइन त ?' उनलाई ठट्यौली पारामा जवाफ दिंदै ती लगानीकर्ताले भने-'थप्दाथप्दै थला परिसकियो । ब्याजदर घट्यो, अब बजार बढ्छ भनेर किनेको सेयर नै थला पर्यो ।'  

(नोट: ‘ग्राउण्ड जीरो’ बिजशालामा विगत केही वर्षदेखि प्रत्येक आइतबार वा साताको पहिलो कारोबार दिन प्रकाशन हुँदै आएको नियमित स्तम्भ हो । यसअन्तर्गत हामी ब्रोकरहाउसमा पुगेर लगानीकर्ताको मनोबल बुझ्ने कोशिश गर्छौ । त्यसक्रममा यो स्तम्भमा लगानीकर्ताले बोलेका, चर्चा गरेका, ठट्यौली गरेका लगायतका सबै विषय उनीहरुकै भाषामा प्रस्तुत गर्ने कोशिश गरिन्छ । यो स्तम्भमा व्यक्त लगानीकर्ताका विचार, ब्रोकरहाउसमा सुनिएका गफ तथा ठट्टा सत्य र तथ्यमा आधारित नहुन पनि सक्छन् । यसैका आधारमा सेयर किनबेचको निर्णय गर्नुहुँदैन ।)

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.