ग्राउण्ड जिरोः दशैं खर्च जुटाउन सेयर बिक्रीको चाप, चुनावअघि बुल आउने आशामा लगानीकर्ता
काठमाण्डौ । दशैं नजिकिँदै जाँदा नेपाली सेयरबजारमा अपेक्षित उत्साह देखिन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य उतारचढाव देखिए पनि लगानीकर्ताको मनोबल भने अझै बलियो बन्न सकेको छैन ।चाडपर्वअघि खर्च व्यवस्थापनका लागि सेयर बिक्री गर्ने प्रवृत्ति बढ्ने भएकाले बजारमा सेलिङ प्रेसर देखिने गरेको छ । यही कारण दशैंअघिको बजारमा खरिदभन्दा बिक्रीको दबाब बढी...

