बुधबार, चैत्र २०,२०८१ 01:02:43
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:02:43
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरो: सुनसान बन्दै ब्रोकर हाउस, लगानीकर्ता भन्छन् ‘गूड न्यूज आए बजार ३ हजार कट्छ’

Hyundai Nepal
ग्राउण्ड जिरो: सुनसान बन्दै ब्रोकर हाउस, लगानीकर्ता भन्छन् ‘गूड न्यूज आए बजार ३ हजार कट्छ’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्रउण्ड जिरोलाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको सिलसिलामा आज हामी त्रिपुरेश्वर र सुुनधारामा रहेका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  

पछिल्लोपटक चाडपर्व पछि बजार सुस्ताएको छ भने ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि निकै कमी देखिन्छ । बजार बढ्दा खचाखच हुने ब्रोकर हाउसहरु यतिबेला सुनसान देखिन्छन् भने ब्रोकर सञ्चालकहरु पनि फुर्सदिला देखिन्छन् ।  

आज सबै भन्दा पहिले हामी त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५३) मा पुगेमा थियौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । उपस्थित मध्यका एक लगानीकर्ताले अहिले बजारमा मौद्रिक नीतिको समीक्षाको प्रतिक्षा रहेको बताए । उनी सँगै बसेका लगानीकर्ताले भने यो समीक्षामा पनि सेयर बजारलाई प्रत्यक्ष प्रभाव पर्ने केही पनि नआउने दाबी गरे । ‘राम्रो नआए पनि नराम्रो केही हुँदैन । सरकार टिक्ला वा नटिक्ला भन्ने भयले पनि अहिले बजार सुस्ताएको छ । यो विषय प्रधानमन्त्री चीनबाट फर्के पछि थप प्रष्ट होला,’ ती लगानीकर्ताले भने । तर यो सरकारको विकल्प अरु भए जस्ता आफूलाई नलागेको ती लगानीकर्ताले भने ।  

Shivam Cement
Bizshala
CG Motors

यस बेलासम्म दिनको १२ बज्दै थियो । एकपटक बढेको बजारमा विस्तारै बिक्री दबाव आउदै थियो । यहाँबाट हामी सुनधारमा नै रहेको सुनधारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यहाँ पनि एक महिला र एक पुरुष गरेर जम्मा २ जना लगानीकर्ता मात्रै थिए । एकपटक बढेर बजार बिस्तारै घट्दै थियो । त्यही घट्दै गरेको बजारमा डिस्प्ले तर्फ हेरेर ती महिला लगानीकर्ताले भनिन्,  ‘यो  बजार किने पछि घट्ने र बेचे पछि बढ्ने रहेछ । उनीसँगै बसेका पुरुष लगानीकर्ताले भने मेरो पनि अवस्था त्यस्तै  छ ।’

ब्रोकर हाउसमा खासै लगानीकर्ता नभेटे पछि हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि कुराकानी गर्यौं । ब्रोकर सञ्चालकले बजारमा उत्साह नभएका कारण बजार बढ्न नसकेको बताए । ‘लगानीकर्ताहरु आज किनेर भोली नाफा खोज्ने हुन्छन् । त्यसका लागि कुनै गुड न्यूज अहिले रहेन । अहिले ब्याज न्यून विन्दुमा रहेको छ । अब धितोपत्र बोर्डमा अध्यक्षको प्रक्रिया पनि अगाडि बढेको छ । लगानीकर्ताहरुको अपेक्षा बढी काम कम भएका कारण बजारमा उत्साह देखिदैन । उनले थप्दै भने, ‘सानो मात्रै काम भएको खण्डमा बजार २० दिनमा ३ हजारको विन्दु  कट्न पनि सक्छ । त्यसको लागि बजारले तयारी गर्दै गरेको जस्तो देखिन्छ ।’  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यहाँबाट हामी एबीसी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १७) मा पुग्यौै । यस बेलासम्म दिनको १ बजिसकेको थियो भने बजारमा बिस्तारै बिक्री दबाब आएको थियो । यहाँ पनि लगानीकर्ता बजारको अवस्था नियाल्नमै ब्यस्त देखिन्थे । यसै ब्रोकमा भेटिएका केही लगानीकर्ताले फाइनान्स कम्पनीहरुमा कमाएको हाईड्रो कम्पनीले खाइदिएको प्रतिक्रिया दिए ।

यहाँबाट हामी लगानीकर्ताहरुको भीडभाड बढी हुने नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८)मा पुग्यौं । यसबेलासम्म दिनको २ बजिसकेको थियो । बजार केही सकारात्मक हुँदै थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता बजारप्रति मिश्रित प्रतिकृया दिए । यहाँ पनि केही लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा पर्खेको पाइयो  । केहीले ठट्यौलि पारामा नेपालीको  लगानी कम्बोडिया  पुग्दा नेपालको सेयर बजार सुस्ताएको समेत भन्न भ्याए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.