मंगलवार, आश्विन १३,२०८३ 06:19:02
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:19:02
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरो: सुनसान बन्दै ब्रोकर हाउस, लगानीकर्ता भन्छन् ‘गूड न्यूज आए बजार ३ हजार कट्छ’

Bizshala
ग्राउण्ड जिरो: सुनसान बन्दै ब्रोकर हाउस, लगानीकर्ता भन्छन् ‘गूड न्यूज आए बजार ३ हजार कट्छ’
New Office

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्रउण्ड जिरोलाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको सिलसिलामा आज हामी त्रिपुरेश्वर र सुुनधारामा रहेका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  

पछिल्लोपटक चाडपर्व पछि बजार सुस्ताएको छ भने ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि निकै कमी देखिन्छ । बजार बढ्दा खचाखच हुने ब्रोकर हाउसहरु यतिबेला सुनसान देखिन्छन् भने ब्रोकर सञ्चालकहरु पनि फुर्सदिला देखिन्छन् ।  

आज सबै भन्दा पहिले हामी त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५३) मा पुगेमा थियौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । उपस्थित मध्यका एक लगानीकर्ताले अहिले बजारमा मौद्रिक नीतिको समीक्षाको प्रतिक्षा रहेको बताए । उनी सँगै बसेका लगानीकर्ताले भने यो समीक्षामा पनि सेयर बजारलाई प्रत्यक्ष प्रभाव पर्ने केही पनि नआउने दाबी गरे । ‘राम्रो नआए पनि नराम्रो केही हुँदैन । सरकार टिक्ला वा नटिक्ला भन्ने भयले पनि अहिले बजार सुस्ताएको छ । यो विषय प्रधानमन्त्री चीनबाट फर्के पछि थप प्रष्ट होला,’ ती लगानीकर्ताले भने । तर यो सरकारको विकल्प अरु भए जस्ता आफूलाई नलागेको ती लगानीकर्ताले भने ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस बेलासम्म दिनको १२ बज्दै थियो । एकपटक बढेको बजारमा विस्तारै बिक्री दबाव आउदै थियो । यहाँबाट हामी सुनधारमा नै रहेको सुनधारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा पुग्यौं । यहाँ पनि एक महिला र एक पुरुष गरेर जम्मा २ जना लगानीकर्ता मात्रै थिए । एकपटक बढेर बजार बिस्तारै घट्दै थियो । त्यही घट्दै गरेको बजारमा डिस्प्ले तर्फ हेरेर ती महिला लगानीकर्ताले भनिन्,  ‘यो  बजार किने पछि घट्ने र बेचे पछि बढ्ने रहेछ । उनीसँगै बसेका पुरुष लगानीकर्ताले भने मेरो पनि अवस्था त्यस्तै  छ ।’

ब्रोकर हाउसमा खासै लगानीकर्ता नभेटे पछि हामीले केही समय ब्रोकर सञ्चालकसँग पनि कुराकानी गर्यौं । ब्रोकर सञ्चालकले बजारमा उत्साह नभएका कारण बजार बढ्न नसकेको बताए । ‘लगानीकर्ताहरु आज किनेर भोली नाफा खोज्ने हुन्छन् । त्यसका लागि कुनै गुड न्यूज अहिले रहेन । अहिले ब्याज न्यून विन्दुमा रहेको छ । अब धितोपत्र बोर्डमा अध्यक्षको प्रक्रिया पनि अगाडि बढेको छ । लगानीकर्ताहरुको अपेक्षा बढी काम कम भएका कारण बजारमा उत्साह देखिदैन । उनले थप्दै भने, ‘सानो मात्रै काम भएको खण्डमा बजार २० दिनमा ३ हजारको विन्दु  कट्न पनि सक्छ । त्यसको लागि बजारले तयारी गर्दै गरेको जस्तो देखिन्छ ।’  

यहाँबाट हामी एबीसी सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १७) मा पुग्यौै । यस बेलासम्म दिनको १ बजिसकेको थियो भने बजारमा बिस्तारै बिक्री दबाब आएको थियो । यहाँ पनि लगानीकर्ता बजारको अवस्था नियाल्नमै ब्यस्त देखिन्थे । यसै ब्रोकमा भेटिएका केही लगानीकर्ताले फाइनान्स कम्पनीहरुमा कमाएको हाईड्रो कम्पनीले खाइदिएको प्रतिक्रिया दिए ।

यहाँबाट हामी लगानीकर्ताहरुको भीडभाड बढी हुने नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८)मा पुग्यौं । यसबेलासम्म दिनको २ बजिसकेको थियो । बजार केही सकारात्मक हुँदै थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता बजारप्रति मिश्रित प्रतिकृया दिए । यहाँ पनि केही लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा पर्खेको पाइयो  । केहीले ठट्यौलि पारामा नेपालीको  लगानी कम्बोडिया  पुग्दा नेपालको सेयर बजार सुस्ताएको समेत भन्न भ्याए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.