सोमबार, असार २,२०८२ 03:48:04
  • सोमबार, असार २,२०८२ 03:48:04
Global IME Bank Limited

ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा

Hyundai Nepal
ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा
Nabil Bank Limited

काठमाण्डौ । अहिले पूँजीबजारमा दैनिक रौनक छाएको छ । कुनै समय मुश्किलले २ अर्ब कारोबार हुने सेयर बजारमा अहिले एकै घण्टामा ७/८ अर्बको सेयर कारोबार हुन थालेको छ  । दैनिक रुपमा सेयर बजारमा २२ अर्ब माथि नै कारोबार भएको छ ।  

ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति दैनिक बढिरहेको छ । त्यतिमात्रै होइन सेयर बजार चल्न थालेपछि हिजोआज पहिलेको तुलनामा सडकमा ट्राफिक जामपनि बढेको छ । पुतलीसडक आसपासका ब्रोकर हाउसहरु लगानीकर्ताहरुका सवारी साधनले भरिभराउ हुन थालेका छन् । चिया तथा कफी पसलमा पनि त्यस्तै भीड लागेको देखिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुनै समय मन्दीले बन्द भएका चिया तथा खाजाघर फेरी भरिभराउ हुन थालेका छन् । अनामनगर , पुतलीसडक तथा कमलादीचोकमा बिहानै देखि लगानीकर्ताहरुको भीड लाग्ने गर्छ । केही लगनीकर्ताहरु बजार बन्द भए पछि कमलपोखरीमा टहलिन समेत जाने गरेका छन् ।

यसअघि बजार घटेर १८ सयसम्म आएका बेला लगानीकर्ताहरु कमलपोखरी क्षेत्रमै जम्मा भएर आन्दोलनमा होमिएका थिए । अहिले त्यही ठाँउ लगानीकर्ताको नाफा÷घाटाको हिसाब गर्न साझा थलो बनेको छ । यही भेटिएका केही लगानीकर्ता अब पैसा कमाएसँगै रमाइलो गर्न तथा घुमघाम गर्न विदेश जानेसम्मको योजना सुनाउन थालेका छन् ।

ब्रोकर हाउस भेटिएका लगानीकर्ताहरु भने सस्ता कम्पनी बेचेकोमा पछुतो मानिरहेको देख्न्छिन् । इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा भेटिएका एक लगानीकर्ताले केही समय पहिले २ सय तलका कम्पनी सस्तोमा नै बेचेकोमा पछुतो लागेको बताए । ‘एउटा २ सय तलको सस्तो कम्पनीको सेयर मैले राम्रै भोल्युममा किनेको थिए, तर के गर्नु थोरै नाफामा पनि बुक गरेको त्यो कम्पनीको सेयरमूल्य दोब्बर नै पुगेको छ । केही दिन होल्ड गर्न नसक्दा बेचे पछि दोब्बरले बढ्यो,’ उनले भने ।  

यो ब्रोकरमा नयाँ लगानीकर्ताहरुको संख्या निकै बाक्लो थियो । धेरै लगानीकर्ताहरु नयाँ टीएमएस तथा ब्रोकर अकाउण्ट खोल्न आएका भेटिए । पछिल्लो समय सेयर बजारमा हाई क्याप भएका सस्ता कम्पनीमा लगानीकर्ता राम्रैसँग झुमिएका छन् । खासगरि, जलविद्युत तथा लगानी समूहका सस्ता कम्पनीमा लगानीकर्ताको माग निकै उच्च देख्रिन्छ ।  

प्रिमियर सेक्युरिटिजमा भेटिएका एक लगानीकर्ता आफू पनि बजार दैनिक बढेको सुने पछि दोस्रो बजारमा पाइला टेकेको बताए । आईपीओमा भने पहिलेदेखि नै भर्ने गरेको भएपनि पनि साथिहरुले सेयर बजार बढेको सुनाए पछि तथा सामाजिक सञ्जालमा बजारको विषयमा चर्चा सुने पछि ब्रोकर हाउससम्म बुझ्न आएको उनले बताए ।  

यी त ब्रोकर हाउसमा देखिएको केही प्रतिनिधि पात्र मात्रै हुन् ।  अहिले ब्रोकर हाउसमा अवकाश प्राप्त सैनिक , सरकारी कर्मचारी, वकिल ,शिक्षक तथा गृहणीसम्म ब्रोकर हाउस धाउन थालेका छन् । नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दैनिक रुपमा हजारौ फोन कल नयाँ टीएमस तथा मेरो सेयरको विषयमा बुझ्न लगानीकर्ताहरुले सम्पर्क गरिरहेको बताउँछन् । पराजुलिले छिट्टै लगानीकर्ताहरुलाई टीएमएस चलाउने सहज हुने गरि लगानीकर्ता सचेतना तथा शिक्षामूलक कार्यक्रमहरु नेप्सेले अगाडि बढाउने पनि जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.