सोमबार, असार २,२०८२ 03:48:04
  • सोमबार, असार २,२०८२ 03:48:04
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ता निराशा बोकेर विदेशिँदै, बुढेशकालमा अमेरिकातिर

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ता निराशा बोकेर विदेशिँदै, बुढेशकालमा अमेरिकातिर
Nabil Bank Limited

काठमाण्डौ । नयाँ वर्षको पहिलो सेयर कारोबारको दिन आज हामी नियमित साप्ताहिक स्तम्भ‘ग्राउण्ड जिरो’का लागि विभिन्न ब्रोकर हाउस पुग्यौँ । यसै क्रममा आज हामी राजधानीका केही ब्रोकर हाउसहरुमा पुगेर बजारको पछिल्लो अवस्था बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।  

आज हामी सबै भन्दा पहिले नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८)मा पुग्यौं ।  

हामी यहाँ पुग्दा लगानीकर्ताको उपस्थिती राम्रै थियो । लगानीकर्ताहरु २/३ वटा टेबलमा बाँडिएर समूह समूहमा छलफल गर्दै थिए । यत्तिकैमा एकजना लगानीकर्ताले भने,‘ लौ, आज पनि फाइनान्स नै बढ्न थाले साथीहरु । के गर्ने हो ? उनीसँगै बसेका लगानीकर्ताले भने,‘सधै बढेका बढ्यै गरेका कम्पनी होइन साथीहरु । घटेका कम्पनी हेर्नुस् । हरियो सकिर्ट होइन रातो सर्किट भएका कम्पनीहरुमा पस्नु पर्छ । यो सिंगटी हाइड्रो पनि यहि ब्रोकरले किनेको देखिन्छ ।’

यही समूहका एक लगानीकर्ताले भने,‘अब हाइड्रो पनि चल्न थालेका छन् । किन्नुस् साथिहरु आफू त हाउस फूल भईसकेको छु ।’ यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले बजार १० गतेबाट बढ्ने हल्ला सुनेको बताए । यस बेलासम्म दिनको १२ बज्दै थियो । बजार झिनो अंकले तल माथि गर्दै थियो ।  

केही समयको बसाइ पछि हामी कमलादीमा रहेको कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौ । हामी यहाँ आइपुग्दा बजार ५ अंक जतिले हरियो भएको थियो । बजार आफ्नै गतिमा चलिरहेको थियो । लगानीकर्ता त्यहि गति नियाल्न र लगानीको योजना बनाउनमा व्यस्त थिए ।  

केहि समयको मौनता चिर्दै एक लगानीकर्ताले भनेको सुनियो,‘लौ साथीहरु माइक्रो फाइनान्स माथि लाग्न थाले । अब त बजार बढ्छ होला ।’ उनको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै अर्का लगानीकर्ताले भने,‘विचार गर्नुस् है । खेलाडीले फाइनान्स र माइक्रो फाइनान्समा हरियो घाँस हालेका पनि हुन सक्छन् ।’ लगानीकर्ताको भिडबाट एउटा आवाज सुनियो,‘ नेपालको बजारले खासै गरि खान दिएन । म त फेरी विदेश पो लाग्नु पर्ला जस्तो छ !’  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केहि समय कोहिनुर सेक्युरिटिजकमा व्यतित गरेपछि हामी ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९)मा पुग्यौं । हामी त्यहाँ पुग्दै गर्दा लिफ्टबाट निस्कदै गरेका २ महिला लगानीकर्ता भेटिए । हामीले मध्य दिनमा नै बजार छोडेर हिड्नुको कारणबारे प्रश्न तेर्साउदा एक लगानीकर्ताले जवाफ दिइन् ‘हामी त रातो  बजार हेर्न नै सक्दैनौ । त्यसैले ब्रोकर हाउस छोडेको ।’ लगानीकर्ताहरु इजरायल र इरानको युद्धको परिणाम र प्रभावबारे छलफल गर्दै थिए । केही लगानीकर्ताहरु फेरी युद्ध चर्कने सम्भावना औल्याए । यत्तिकै एक लगानीकर्ता अभिवादन गर्दै ब्रोकर हाउस छिरे । केहि समयपछि उनले भने,‘साथीहरु अब बिदाइ पाँउ है । म त बुढेसकालमा अमेरिकातिर बस्ने गरि जानु पर्ने भयो । गत वर्ष डीभी परेको थियो । यही वैशाख १९ गतेलाई टिकट पनि निश्चित भयो । नेपाल जस्तो रमाईलो त के होला र खै ?’  

यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले ठट्यौली पारामा भने,‘यो डीभी पनि सेयर बजार जस्तै रहेछ । हामी जस्ता केही काम नभएर ब्रोकर हाउसमा धाउनेलाई पर्नु नि ! सबै कुराले भरिपूण बूढापाकोलाई डीभी परेर के गर्नु ?’

ब्रोकर हाउसमा राखिएको भित्ताको घडीमा २ बजेको थियो । बजार समान्य अंकले तलमाथि गर्दै थियो । लगानीकर्ता फेरी केही दिनमा बजार बढ्ने झिनो आशा बोकेर सारसले जसरी कुरेर बसेका देखिन्थे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.