काठमाण्डौ । अटो निर्माता कम्पनी स्टेलान्टिसले विश्वभरबाट ३ लाख ७५ हजार युनिट प्लग इन हाईब्रिड जी र्याङ्लर र ग्राण्ड चोरोकी एसयुभी फिर्ता मगाउने घोषणा गरेको छ । ब्याट्री फेलियरका कारण १९ वटा आगलागीका घटना सार्वजनिक भएसँगै कम्पनीले बजारबाट गाडी फिर्ता मगाउन लागिएको जनाएको छ ।
कम्पनीले गाडीधनीहरुलाई घरबाहिर पार्क गर्न समेत आग्रह गरेको छ ।
कम्पनीले २०२० देखि २०२५ सम्मको जीप र्याङ्लर ४एक्सई र २०२६ जीप ग्राण्ड चोरोकी ४ एक्सई एसयुभीसम्म फिर्ता मगाउन लागेको छ । कुल संख्यामा ३ लाख २० हजार अमेरिकी बजारबाट फिर्ता मगाउन लागिएको छ ।
कम्पनीको ब्याट्री सामसुङ एसडीआईले निर्माण गरेको हो ।

