काठमाण्डौ । नेपालीहरूको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।
कम्पनीले ‘FESTIVE OFFER HONDA को सफर’ नामक योजना ल्याएको हो। योजनाअन्तर्गत ग्राहकले होन्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ।
योजनामा नयाँ कार खरिद गर्ने ग्राहकका लागि एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षकै पूर्ण बीमा निःशुल्क उपलब्ध गराइएको छ।
त्यस्तै, गाडी खरिदपछिको सेवा सहज बनाउन कम्पनीले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ र १ वर्षसम्म निःशुल्क रोडसाइड असिस्टेन्स उपलब्ध गराउने जनाएको छ।
पुरानो गाडी साटेर नयाँ होन्डा कार खरिद गर्न चाहने ग्राहकका लागि सहज ‘अन-द-स्पट’ एक्सचेन्ज सुविधा तथा आकर्षक एक्सचेन्ज बोनससमेत राखिएको छ।
नयाँ गाडी खरिदलाई आर्थिक रूपमा सहज बनाउन स्याकार हायर पर्चेज र एनआईसी एशिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा फाइनान्सिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजना सेप्टेम्बर २५, २०२६ शुक्रबारदेखि नोभेम्बर १६, २०२६ सोमबारसम्म देशभरका होन्डा कार शोरुममा लागू हुनेछ।
‘Drive a Brighter Tomorrow’ नारासहित ल्याइएको यो योजनाअन्तर्गत Honda CR-V, Elevate, City र City e लगायतका मोडल आकर्षक छुट तथा सुविधासहित खरिद गर्न सकिनेछ।
कम्पनीले योजनामा निश्चित नियम तथा सर्त लागू हुने जनाएको छ। थप जानकारीका लागि ग्राहकले नजिकको होन्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।